सेटिङ मिलाउनेलाई काखा, अरूलाई पाखा
काठमाडौं । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमातहतको राष्ट्रिय परीक्षा बोर्डमा त्यस्तै बेथिति देखिएको छ । जुन बोर्डको प्रमुखमा उपसचिव तहका कर्मचारी छन् भने त्यसको मातहतमा आएको परीक्षा नियन्त्रण कार्यालयमा भने सहसचिव तहका कर्मचारी कार्यरत छन् ।
सो मन्त्रालयले परीक्षा नियन्त्रण कार्यालयलाई दुई वर्षअघि नै बोर्डको मातहत राखेको थियो । दुई वर्षअघि बोर्ड गठन भएयता नै पनिकालाई बोर्ड मातहत राख्दै आएको हो । तर, अहिले बोर्डको प्रमुखमा उपसचिव तहका कृष्ण शर्मा रहेका छन् । उनले केही समयदेखि निमित्त भएर बोर्डको प्रमुख चलाइरहेका छन् । तर, सोही बोर्डमातहतको पनिकामा भने सहसचिव रामशरण सापकोटा कार्यरत छन् ।
नयाँ व्यवस्थाअनुसार कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ । तर, एसईईको परीक्षा भने पनिकाले लिँदै आएको छ । कक्षा ११ र १२ को परीक्षा लिने बोर्डको प्रमुखमा उपसचिव र एसईईको परीक्षा लिने कार्यालयको प्रमुखमा भने सहसचिव कार्यरत रहेको हुँदा सबैले त्यसलाई उल्टो काम भनेर टिप्पणी गरिरहेका छन् ।
दुई वर्षअघि बोर्ड गठन हुँदा बोर्डको प्रमुखमा सहसचिवको दरबन्दी कायम गरिएको थियो । अहिले पनि सहसचिवकै दरबन्दी कायम छ । तर, मन्त्रालयमा पर्याप्त सहसचिव हुँदाहुँदै पनि बोर्डमा उपसचिवलाई निमित्त दिँदै आएपछि अनेक प्रश्न उठ्न पुगेको छ । उपसचिव शर्मामा निजी स्कुलहरूसँग सेटिङ मिलाउन सक्ने योग्यता भएकै कारण उनलाई बोर्डको निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताइन्छ । कक्षा ११ र १२ को परीक्षामा निकै चलखेल हुने भएको हुँदा चलखेलमा माहिर रहेकै कारण शर्मालाई सो जिम्मेवारी दिइएको अनुमान गरिएको छ । त्यसो त अहिले बोर्डमा कार्यरत चार जना कर्मचारीहरूलाई पनिकामा पठाइएको छ । उपसचिव भवराज कोइरालासहित ४ जनालाई काम सिक्न भनी पनिकामा पठाइएको हो ।
यसैगरी, परीक्षा नियन्त्रक कार्यालयमा यसअघि संकलन हुँदै आएको राजस्वमा बोर्डले दाबी गरे पनि सो कार्यान्वयन भने हुन नसकेको बताइन्छ । बोर्डले पनिकालाई राजस्वबापत संकलन भएको रकम बोर्डमा दाखिला गर्नु भनी पत्राचार गरेको थियो । राजस्व जम्मा गर्ने विषयमा अर्थ मन्त्रालय र सम्बन्धित शिक्षा मन्त्रालयकै उच्च पदस्थ कर्मचारीहरूसँग कुनै छलफल नगरी बोर्डले सिधै पनिकालाई पत्र लेखेपछि त्यसले ठूलै हंगामा मच्चाएको थियो । तर, पछि भने शिक्षा मन्त्रालयले पनिकालाई बोर्डमा राजस्व जम्मा नगर्नू भनेर निर्देशन दिएपछि सो काम रोकिन पुगेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply