इन्काउन्टरको पक्ष र विपक्षमा प्रहरी
काठमाडौं । ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई व्यक्तिको इन्काउन्टरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् । एकथरीले बालक अपहरण गरेर हत्या गर्नेलाई इन्काउन्टर गरेर प्रहरीले ठीक ग¥यो भनेका छन् भने अर्कोथरीले अपहरणकारीलाई कोठाबाट पक्रेर लगरे इन्काउन्टर भन्दै हत्या गर्नु बेठीक हो भनेका छन् । संसदमा समेत यो विषयलाई लिएर सांसदहरूले आवाज उठाएका छन् । बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाइलटबाबा आश्रमनजिकको जंगलमा लगेर इन्काउन्टर गरेको घटना शंकास्पद भएको भन्दै सांसदहरूले स्पष्ट छानबिनको माग गरेपछि गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म छानबिनको कामले गति लिएको छैन ।
प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउन्टरको नाममा उनीहरूको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ । अरू त अरू यो इन्काउन्टरको विषयमा इन्काउन्टर गर्ने निकाय प्रहरी संगठन नै विभाजित छ । महानगरीय आयुक्तको कार्यालयले अपहरणकारीलाई पक्राउ गरेर अनुसन्धान गर्नू भने पनि आईजी सर्वेन्द्र खनालले इन्काउन्टर गरी हत्या गर्नू भन्ने आदेश दिएपछि सो घटना भएको बताइन्छ ।
आयुक्त कार्यालयका डीआईजी मनोज न्यौपाने, एसएसपी पूर्णचन्द्र जोशी दुवै जनाले अपहरणकारीलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएका थिए । तर, त्योभन्दा माथिल्लो तह अर्थात् ठोक भनेपछि महाशाखा डीएसपी रुइजी खनालले नै ठोक्न आदेश दिएपछि कुँवर नेतृत्वको टोलीले अपहरणकारीमाथि इन्काउन्टर गरेको बताइन्छ । त्यति मात्र होइन प्रहरीले अपहरणकारीलाई पठाएको मोबाइल सन्देशले पनि थप विवाद उत्पन्न गरेको छ । काठमाडौं परिसरले अपहरणकारीको मोबाइलमा ‘बालकलाई छाडिदे, छाडिनस् भने तँ पनि सकिन्छस्’ भन्ने सन्देश पठाएको थियो । उक्त सन्देश सई गजेन्द्र रावलले बाहिर सार्वजनिक गरेका थिए । आन्तरिक कारबाहीको प्रोसेसमा पठाएको मोबाइल सन्देश बाहिर ल्याउन मिल्दैनथ्यो । यदि यो प्रक्रिया गलत थियो भने पनि आन्तरिक रूपमै मिलाउनुपथ्र्यो, तर सञ्चार माध्यममा ल्याएर उजागर गर्ने काम भएपछि बालक हत्या गर्न अपहरणकारी थप उद्वेलित भएको हुन सक्ने बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply