लागूऔषधमुक्त जिल्लाका लागि यस्तो छ एसपी रजौरेको अभियान
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई अशोज महिनावाट मासिक रुपमा पुरस्कृत गर्ने भएको छ । जिल्लालाई लागूऔषधमुक्त बनाउनका लागि मासिक रुपमा एक जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले बताए । प्रहरीको मनोवल उच्च राख्न र सभ्य समाज निर्माण गर्नका लागि पनि यस्तो अभियान संचालन गर्न लागिएको हो ।’ लागूऔषध, कारोवारी र सेवनकर्ता पक्राउ गर्दा मानव अधिकारको उल्लंघन गर्न नहुने, कुटपिट गर्न नहुनेलगायतका शर्तहरु राखिएको छ ।
एसपी रजौरे यहाँ प्रमुख भएर आएपछि जिल्लालाई लागुऔषधमुक्त बनाउन विशेष अभियानका साथ प्रहरीले सक्रियता बढाएको छ । गत मंगलबार मात्रै १५.६ ग्राम लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सुब्बाकुना चेकपोष्टबाट उक्त परिणामको लागूऔषध ब्राउनसुगर बरामद गरेको हो ।
एसपी रजौरेका अनुसार सुब्बाकुनामा चेकजाँचका क्रममा तीन घण्टाको अवधीमा पाँच जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार वीरेन्द्रनगर–३ तातापानीका २९ वर्षीय रमेशकुमार मल्लको साथबाट दुई ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो । मल्लले भे४प ३४२१ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा लुकाएर ल्याएका थिए । यस्तै वीरेन्द्रनगर–३ का २४ वर्षीय समिर थापा र २३ वर्षीय यज्ञ सुनारलाई तीन ग्राम १३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पनि भे८प ३७०६ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा ब्राउनसुगर लुकाएर ल्याएका थिए । यस्तै वीरेन्द्रनगर–४ का २३ वर्षीय सन्तोष बस्याल, २८ वर्षीय डम्वरबहादुर भण्डारीलाई नौ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नेपालगञ्जबाट स्ल्याक्स (कट्टु) मा लागूऔषध लुकाएर ल्याएको प्रहरीको भनाई छ । एकै दिन ठूलो परिणाममा लागूऔषध ब्राउनसुगर बरामद गरिएको यो पहिलो घटना हो ।
प्रहरीका अनुसार पक्राउ परेका सबै लागूऔषध कारोवारी हुन् । ‘नेपालगञ्जबाट लागूऔषध ल्याएर सुर्खेतमा विक्री–वितरण गर्ने कार्यमा उनीहरुको संलग्नता रहेको पाइएको छ’ एसपी रजौरेले भने, ‘थप कारोवारीहरुको खोजी भइरहेको छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply