कार्कीको पक्षमा माहोल बन्दै
काठमाडौं । निर्माण व्यवसायी महासंघको २०औं साधारण सभाको संघारमा व्यवसायीहरू सक्षम नेतृत्व जिताउने अभियानमा जुटेका छन् ।
६ असोजमा काठमाडौंमा हुने साधारण सभाका लागि नेकपानिकट नेपाल निर्माण व्यवसायी संघले महासंघका पूर्वअध्यक्ष तथा इन्जिनियर यक्षध्वज कार्कीलाई नेतृत्वका लागि अघि सारेको छ । एक कार्यकाल पूर्वअध्यक्षको जिम्मेवारी सम्हालिसकेका कार्कीले ५५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित टिम निर्माणका लागि कसरत अघि बढाउँदै व्यवसायीहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
कांग्रेसनिकट लोकतान्त्रिक निर्माण व्यवसायी संंघले भने गुटगत प्रतिस्पर्धाका कारण अहिलेसम्म अध्यक्षको उम्मेद्वार अघि सार्न सकेको छैन । उक्त खेमाबाट सभापति शेरबहादुर देउवानिकट होमनाथ कोइराला, रामशरण देउजाले दाबी गरेका छन् । त्यस्तै, अध्यक्षकै लागि रवि सिंहले पनि दाबी छ । एउटै खेमाबाट त्रिपक्षीय दाबीका कारण लोकतान्त्रिक खेमाले अहिलेसम्म अध्यक्षको उम्मेदवार तय गर्न सकेको छैन ।
लामो समयसम्म महासंघमा लोकतान्त्रिक खेमाले नेतृत्व गर्दै आएको छ । तर पनि नेपालको निर्माण व्यवसायको क्षेत्रमा दुई÷तीन दर्जन ठूला ठेकेदारहहरूको ठेक्कापट्टामा देखिएको हालिमुहाली र सिन्डिकेट तोडेर दुई तिहाइभन्दा बढी निर्माण व्यवसायीहरूको हकहितको पक्षमा काम गर्न नसकेको निरन्तर आरोप लाग्दै आएको छ । अहिले वामपन्थी समूहले मूलतः यही विषयलाई एजेन्डा अघि सारेको छ । ‘ठूला–साना सबैको साझेदारी, विकृति र विसंगतिप्रति खबरदारी ः राजनीतिक होइन, व्यवसायिक एकताका लागि हाम्रो समझदारी’लाई मूल नारा बनाएको वामपन्थी समूहले यसअघि कुशल नेतृत्व गरिसकेका कार्कीलाई अध्यक्षका रूपमा अघि सारेको हो ।
‘ठूलो राजनीतिक परिवर्तनपछि हामी समृद्धिको अभियानमा छौं, भौतिक पूर्वाधारको विकासमार्फत मुलुकलाई छिटो त्यस दिशामा अघि बढाउने हो भने देश निर्माणको काममा सानाठूला सबैको साझेदारी हुनुपर्ने एजेन्डालाई आत्मसात् गर्नुको विकल्प छैन, कार्की समूहको चुनावी प्रचार समितिका संयोजक खोपनिधि लोहनीले भने, ‘त्यसैले आमनिर्माण व्यवसायीहरूको चाहना र भावनाको प्रतिनिधित्व गर्दै हाम्रो समूह चुनावी प्रचारमा आक्रमक ढंगले अघि बढिरहेको छ ।’ चुनावी तयारीलाई नै मध्यनजर गर्दै निर्माण व्यवसायीहरूले तत्कालीन एमाले र माओवादीनिकट संगठनको एकतासमेत सम्पन्न गरिसकेका छन् । कार्कीनिकट समूहले ५० बुँदे प्रतिबद्धतासमेत अघि सारिसकेको छ ।
को हुन् कार्की ?
दोलखाको खारेमा जन्मिएका कार्कीे कुशल निर्माण व्यवसायीका रूपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका कार्कीले अन्तर्राष्टिय राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । एकपटक अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका कार्कीले एकपटक उपाध्यक्ष, महासचिव र सचिव तथा दुईपटक सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । महासंघको नेतृत्व सम्हाल्दा विधान समावेशी बनाउने, बोलपत्रको प्रावधानलाई सरलीकरण गर्न अगुवाइ गर्ने, जिल्ला निर्माण व्यवसायी संघका लागि अनुदान दिने व्यवस्थाको सुरुवात गर्नेजस्ता महŒवपूर्ण काम गरेको व्यवसायीहरू चर्चा गर्छन् ।
उनले सार्वजनिक खरिद ऐन र नियमावलीमा भएका अव्यावहारिक प्रावधानलाई संशोधन गराउने, मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५० लाई खारेजीका लागि पहल गर्ने प्रतिबद्धता अघि सारेका छन् । त्यस्तै, अन्तरदेशीय सम्बन्ध विस्तार, कोषको व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धबारे समेत उनले योजना अघि सारेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply