पैसा लिँदै, नवीकरण गर्दै
काठमाडौं । वर्षौंैंदेखि नवीकरण नगरेर खारेजीमा परिसकेका शैक्षिक कार्यक्रमहरूलाई आर्थिक चलखेलका आधारमा नवीकरण गर्ने कार्यमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीहरू सक्रिय हुन थालेका छन् । कानुनतः तीन वर्षसम्म नवीकरण नभएका कार्यक्रमहरू स्वतः खारेज हुने भए पनि अहिले भने १० वर्षअघि केही शैक्षिक संस्थाले अनुमति लिएका कार्यक्रमहरूलाई नवीकरण गर्न थालिएको छ ।
आफूबाट सम्बन्धन प्राप्त गरेका संस्थाहरूलाई सीटीईभीटीले विगत लामो समयदेखि ‘निजी स्तरमा शैक्षिक÷तालिम कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । त्यस्तो कार्यक्रममा १८ महिने कार्यक्रम र टीएसएलसीको कार्यक्रम रहेका छन् । कृषि, सिभिल इन्जिनियर, अमिन, इलेक्ट्रिकललगायत विषयमा सीटीईभीटीले विभिन्न संस्थालाई कार्यक्रम दिँदै आएको छ । तर, कुनै पनि संस्थाले सीटीईभीटीबाट कार्यक्रम लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान पनि राखिएको छ । नवीकरणका सम्बन्धमा सीटीईभीटीले स्पष्ट व्यवस्था गर्दै भनेको छ, ‘तीन वर्षसम्म लगातार कार्यक्रम नवीकरण नगरे सो कार्यक्रम स्वतः रद्द हुनेछ ।’
तर, सीटीईभीटीको स्तर निर्धारण तथा सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेले भने कार्यक्रम लिएर लामो समयसम्म सञ्चालन नगरेका केही संस्थाको नवीकरण गर्ने तयारी गर्न थालेका छन् र त्यसको फाइलसमेत उनले उठाइसकेका छन् । काफ्लेकै पहलमा १० वर्षसम्म सञ्चालनमा नआएका र नवीकरणसमेत नगरी बसेका केही संस्थाको नवीकरण गर्ने तयारी थालिएको हो । समयमै नवीकरण गर्दा प्रतिकार्यक्रम १ हजारदेखि ३ हजारसम्म नवीकरण शुल्क लाग्ने भए पनि काफ्लेले भने तीन वर्ष अवधि कटिसकेका त्यस्ता संस्थाहरूले लिएको एउटै कार्यक्रमको करिब ३ लाख रुपैयाँ लिएर कार्यक्रम नवीकरण गर्न लागेको बताइन्छ । विगतमा काफ्ले पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठलाई मोटो रकम बुझाएर सो महाशाखाको प्रमुख बन्न सफल भएका थिए ।
केही संस्थाले सीटीईभीटीबाट दुई÷तीन वटा कार्यक्रम लिने र त्यसमध्ये एउटा मात्र चलाउँदै आएका थिए । सीटीईभीटीबाट लिएका कार्यक्रमहरू ती संस्थाहरूले सञ्चालन नगरी बसेका थिए । तर, अहिले भने पहिला नै स्वीकृत लिइसकेका र लामो वर्षदेखि नचलाएका कार्यक्रम चलाउँदा फाइदा हुने देखिएपछि ती संस्थाहरूले लाखौं रकम बुझाएर कार्यक्रमको नवीकरण चाहेको बुझिएको छ । त्यसरी नवीकरण गर्ने संस्थाहरूमा कृषि र सिभिलको पढाइ हुने धनुषास्थित शारदा टेक्निकल स्कुल, अमिन पढाइ हुने वीरगन्जस्थित इन्स्टिच्युट अफ रुरल हेल्थ, सिभिल र इलेक्ट्रिकल पढाइ हुने काठमाडौंको मल्टिस्किल प्रालि, अमिन पढाइ हुने बुटवलस्थित सिद्धार्थ टेक्निकल स्कुललगायत आठवटा छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply