२० न्यायाधीश रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको बहालीसँगै सर्वोच्चदेखि जिल्लासम्मका न्यायाधीशहरूको रिक्त पदमा छिट्टै पूर्ति हुने चर्चा सुरु भएको छ । देशभर मुद्दाको चाप बढिरहेकाले मिश्रले पदबहालीलगत्तै रिक्त पदहरूमा नियुक्तिमा चासो देखाएपछि पदपूर्तिको चर्चा सुरु भएको हो । आगामी पुससम्म मात्र पदमा बहाल रहने भएका कारण प्रधानन्यायाधीश मिश्रले छोटो समयमै न्यायिक क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौती छ । सोही कारण पनि उनले पदपूर्तिमा तत्काल चासो देखाएका हुन् ।
न्यायपरिषद्का अनुसार अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा दुईवटा पद खाली रहेको छ । त्यस्तै, उच्च अदालतमा रहेको १ सय ६० जनाको दरबन्दीमा १३ जना न्यायाधीशको पद खाली रहेको छ । जिल्ला अदालतहरूको २ सय ४० जनाको दरबन्दीमा आठ जनाको पद रिक्त रहेको छ । न्याय परिषद्का प्रवक्ता सहसचिव रामेश्वर रेग्मीले रिक्त पदबारे छिट्टै बस्ने न्याय परिषद् बैठकमा छलफल हुने बताए ।
तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त भएपछि ईश्वरप्रसाद खतिवडाले अवकाश पाएका थिए । उनीहरूको बहिर्गमनपछि ती दुई न्यायाधीशको पद सर्वोच्च अदालतमा खाली छ ।
पराजुलीपछि लामो समयसम्म दीपकराज जोशीले कामु प्रधानन्यायाधीश बनेर जिम्मेवारी सम्हाले । त्यसैले पनि अदालतको रिक्त न्यायाधीशको पदपूर्ति हुन सकेन । उच्च अदालतहरूलाई रिट र बन्दी प्रत्यक्षीकरणको पनि अधिकार दिइएपछि मुद्दाको चाप बढेको छ । तर, उच्च अदालतमा पनि १३ न्यायाधीशको पदपूर्ति हुन सकेको छैन । जिल्लाहरूमा भने आठ जना न्यायाधीशको पद मात्र रिक्त रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply