नेविसंघमा ‘टिके’को तयारी
काठमाडौं । प्रतिस्पर्धामा गए पराजित हुने डरले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व ‘टीका’ लगाएर चयन गर्ने तयारीका कांग्रेस सभापति शेरबहादुर देउवा रहेको बुझिएको छ । पछिल्लोपटक भएका भ्रातृसंगठनका अधिवेशनमा एकपछि अर्कोमा हार बेहोर्दै गएपछि सभापति देउवा नेविसंघमा चुनाव नगराउने र अहिलेकै नेतृत्वलाई सर्वसम्मत गराउने तयारीमा रहेको बुझिएको छ ।
दुई वर्ष कार्यकाल रहेको नेविसंघको अधिवेशन यसअघि २०७३ भदौमा भएको थियो । विधानतः आगामी मंसिर २ गतेसम्म नयाँ नेतृत्व नआए पुरानो नेतृत्वसमेत स्वत भंग हुन्छ । आजको ठीक २९ दिनपछि अर्थात् कात्तिक १६ गतेका लागि अधिवेशनको मिति तोकिएको छ । यहीबीचमा ठूला चाडबाडहरू पनि पर्छन् । जसले गर्दा अधिवेशनका लागि समय ज्यादै थोर छ । तर, गर्नुपर्ने तयारी केहि गरिएको छैन । पार्टी नेतृत्वले नै तयारीमा तगारो हालेको बताइन्छ । पार्टीको केन्द्रीय कमिटी बैठकले विधान र नियमावली स्वीकृत गनुपर्ने हुन्छ । विधान र नियमावली भदौ तेस्रो साता नै पार्टीमा बुझाए पनि अझै स्वीकृत भएको छैन । विधान र नियमावली स्वीकृत नहुँदा तलतल अधिवेशन हुने र प्रतिनिधि चयन हुने सबै काम ठप्प छ । तोकिएकै मितिमा महाधिवेशन गर्न यतिबेला तलतल युद्धगतिमा प्रतिनिधि चयनको काम हुनुपथ्र्यो । तर, सबै गतिविधि शून्य छ । स्रोतले भन्यो, ‘सभापति देउवाको चाहना टीका लगाएर नयाँ नेतृत्व ल्याउने भएकाले यी सबै काम रोकिएका हुन् । अन्तिम घडीमा अधिवेशन गर्न सम्भव भएन त्यसैले, सर्वसम्मत नेतृत्व चुन्ने नाममा आफ्नो निकटलाई ल्याउने तयारी भएको बुझिएको छ । उमेर हद ३२ वर्ष लगाउने प्रस्ताव राम्रो भए पनि अहिले अधिवेशन नगर्ने र टिके नेतृत्व ल्याउने मनशायले आएको बताइन्छ । निर्देशन समितिका संयोजक प्रकाशशरण महतले नेविसंघले प्रस्ताव गरेको विधान लुकाएर आफंैले नयाँ प्रस्ताव ल्याएको भन्दै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका नेताले नोट अफ डिसेन्ट लेखेका छन् ।
अघिल्लो महाधिवेशनमा तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला समूहले पनि सहयोग गरेका कारण देउवानिकट नैनसिंह महरको नेतृत्वले जितेको थियो । तर, यसपटक सिटौला पनि देउवासँग टाढा रहेकाले निर्वाचनमा जाँदा हार्ने डरले देउवामा घर गरेको बताइन्छ । पछिल्लोपटक अधिवेशन भएका शिक्षक, मजदुर, कानुन व्यवसायीलगायत जनसंगठनमा हार बेहोरिसकेका देउवा नेविसंघमा पनि त्यही स्थिति आउन दिने पक्षमा नरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply