सशस्त्रमा भेदभाव उस्तै
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्रका उच्च तहका अधिकारीहरूको कार्यविभाजनमा भेदभाव राखेका छन् । उनले डीआईजी बढुवामा आफूनिकट नारायणदत्त पौडेललाई अगाडि ल्याउन प्रयास गरेका थिए तर उनको त्यो प्रयास सफल हुन सकेन । त्यसयता कार्य विभाजनामा त्यसको हिसाब पौडेललाई रोजेका स्थानमा खटाएर आईजी खनालले लिएको बताइन्छ ।
सशस्त्र प्रहरीका डीआईजीको सरुवा तथा पदस्थापनअनुसार ३ नम्बर प्रदेश बाहिनीमा रामप्रसाद श्रेष्ठ, ४ नम्बरमा बाबुराम पाण्डे, २ नम्बरमा प्रवीणकुमार श्रेष्ठ, तालिम निर्देशनालयमा राजु अर्याल, सीमा निर्देशनालयमा नारायणदत्त पौडेल, कमान्ड एन्ड स्टाफ कलेजमा चन्द्रप्रकाश गौतम, प्रशासन निर्देशनालयमा गोविन्द क्षत्री र एकेडेमीमा प्रजाभक्त श्रेष्ठलाई खटाएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो सबै उठ्तीपुठ्ती मिलाउने नारायणदत्त पौडेललाई धेरै आर्थिक चलखेल हुने सीमा निर्देशनालयमा पठाएका छन् । ककनी तालिम केन्द्रमा बस्दा रासन काण्ड लागेर ४ लाख रुपैयाँ फिर्तासमेत गरेका विवादित पात्र पौडेललाई महानिरीक्षकले काखी च्याप्दा अन्य डीआईजीहरू पाखा लाग्नुपरेको गुनासो छ ।
यसअघि पौडेललाई मानव स्रोतको जिम्मा दिइएको छ । पूर्व क्षेत्रमा एसपी हुँदा अनियमितता गरेकै कारण पुष्पराम केसीले रेकर्डमा जनिने गरी नसिहत दिएका पौडेल महानिरीक्षक खनालका प्यारा मानिन्छन् । डीआईजी बढुवामा पहिलो नम्बरमा पार्न सजिलो हुने भन्दै आफू आईजी भएको तीन महिनासम्म बढुवा रोकेको समेत आरोप खनालमाथि लागेको छ । पौडेलले मागेकै ठाउँमा खनालले आशीर्वाद दिएर पठाएको बताइन्छ । त्यस्तै, अर्का विवादित रामप्रसाद श्रेष्ठलाई ३ नम्बर प्रदेश प्रमुख बनाएर पठाएका छन् । उनी कमान्डर भएका बेला तालिमका क्रममा टेकबहादुर चन्द नामका व्यक्तिलाई जबर्जस्त पौडी खेलाउँदा उनको तालिमकै क्रममा मृत्यु भएको थियो । त्यस्तै २ नम्बर प्रदेश प्रमुखमा भने यसअघि पोखरा बाहिनीमा रहेका प्रवीण श्रेष्ठलाई पठाइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply