अराजक कर्मचारीलाई अपायक
काठमाडौं । अराजक र उच्छृंखल गतिविधि देखाएपछि नेपाल विद्युत् प्राधिकरणको आधिकारिक टे«ड युनियनका वरिष्ठ उपाध्यक्ष उमेशकुमार साहलाई सरुवा गरिएको छ । साहसँगै अरू दुई जना अराजक कर्मचारीको पनि सरुवा भएको छ ।
केही महिनापूर्व वरिष्ठ उपाध्यक्ष तथा प्राधिकरणको राजविराज वितरण केन्द्रमा कार्यरत लेखापाल साहलगायतले जनकपुर क्षेत्रीय कार्यालयका प्रशासन प्रमुख सर्वजित चौधरीमाथि हातपात गरेका थिए । आफूले भनेको कुरा चौधरीले नटेरेपछि साहलगायत कर्मचारी चौधरीमाथि खनिएका थिए । अराजक गतिविधि देखाएको भन्दै प्राधिकरणले उनलाई सरुवा गरेको हो ।
केही दिनअघि प्राधिकरणले कर्मचारी सेवा नियमावली २०६२ (संं.स.) को विनियम ३८ को उपनियम (२) को (क) र (ख) को हवाला दिँदै साहसहित तीन जना कर्मचारीको सरुवा गरेको हो । साहलाई राजविराजबाट म्याग्दी वितरण केन्द्रमा सरुवा गरिएको छ । यसैगरी, अराजक गतिविधिमा संलग्न रहेको भन्दै प्राधिकरणले जनकपुर क्षेत्रीय कार्यालयका मिटर रिडिङ सुपरभाइजर अमरेन्द्रकुमार सिंहको पनि सरुवा भएको छ । उनलाई गुल्मी वितरण केन्द्रमा सरुवा गरिएको छ । मलंगवा वितरण केन्द्रका सुपरभाइजर जगदीश साहलाई भने पाँचथर वितरण केन्द्रमा सरुवा गरिएको छ ।
यसैबीच, प्राधिकरणमा पूर्वएमाले र माओवादी केन्द्रको कर्मचारी संगठनबीच एकता भएको छ । गएको शनिबार कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठनबीच एकता भएको हो । एकतापछि १ सय ४९ सदस्यीय केन्द्रीय अधिवेशन आयोजक समिति गठन गरिएको छ । सो समितिको संयोजकमा रामेश्वर पौडेल र सहसंयोजकमा खगेन्द्र शाही चयन भएका छन् । सो समितिमा पूर्वएमालेबाट ७५ र पूर्वमाओवादी केन्द्रबाट ७४ जना सम्मिलित रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply