सशस्त्रमा एसपीका लागि दौडादौड
काठमाडौं । सशस्त्र प्रहरी बलमा केही समयमै रिक्त एसएसपी पदमा डीएसपीहरू बढुवा हुने भएपछि दौडधुप सुरु भएको छ ।
४० जनाभन्दा बढी एसपी हुने भएपछि डीएसपीहरू दौडधुपमा लागेका हुन् ।
वरिष्ठता र कार्यसम्पादनलाई आधार मानेर बढुवा सिफारिस समितिले अंकभार तोकी बढुवाका लागि सिफारिस गर्ने भएपछि पाइप लाइनमा रहेका डीएसपीहरू हाकिमको चाकडीदेखि राजनीतिक नेताहरूको घर धाएर फोन गराउनसमेत सुरु गरेको बताइन्छ ।
योपटकको बढुवामा सिसं दोस्रो टोलीबाट बढुवा हुने बताइन्छ । सो टोलीमा थुप्रै डीएसपी रहेका छन् । त्यसमध्ये दीपककुमार थापा, नेत्रबहादुर कार्की, राजेश उप्रेती, माधवप्रसाद पौडेल, सचिन कर्माचार्यलगायतका अधिकृतहरू काबिल मान्छिन् । तर, यो दौडमा भारतबाट एसएलसीको प्रमाणपत्र लिएका, जेनतेन आईए पास मात्र गरेकाहरू पनि लागेका छन् ।
यसरी दौडधुप गर्नेमा पञ्चराम चौधरी, अजय छत्कुली, बम बहादुर आलेलगायत छन् । चौधरीले एसएलीमात्र पास गरेका र प्रमाणपत्र पनि भारतबाट ल्याएका, छत्कुली योजना तथा अन्वेषण महाशाखामा दरबन्दी भएर पनि हाकिमको चाकडी गरेर समाचार शाखामा काम गरिरहेका तथा आइकम मात्र पास गरेका व्यक्ति हुन् । त्यसैगरी आलेले पनि भारतबाट एसएलसीको प्रमाणपत्र ल्याएका र आईए मात्र पास गरेका छन् ।
यसैगरी यो दौडमा ओजेश ओली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, झिल्कबहादुर श्रेष्ठलगायत छन् । जसमध्ये ओली एसएलसी सेकेन्ड डिभिजन पास हुन् भने बस्नेत पनि जेनतेन आईए पास गर्नेमा पर्छन् । यसैगरी, भण्डारी भारतबाट शैक्षिक योग्यताको प्रमाणपत्र ल्याउनेमा पर्छन् भने उनले एसएलसी पनि सेकेन्ड डिभिजन पास गरेका हन् । यस्तै श्रेष्ठले पनि आईए मात्र पास गरेका हुन् ।
यसबाहेक एसपीको पाइपलाइनमा स्नातकोत्तर पास गरेका, स्टाफ कलेज कोर्स पास गरेका, उत्कृष्ट कार्य सम्पादन मूल्यांकन भएकाहरू पनि पर्याप्त संख्यामा छन् । बढुवा गर्दा अर्धसैनिक संरचनाको यो संगठनमा यस्ता कुराहरूलाई विचार गर्दा संगठन बलियो, सुदृढ र प्रभावकारी हुने विज्ञहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply