एसएसपीका लागि दौडधुप सुरु
काठमाडौं । नेपाल प्रहरीअन्तर्गत १६ एसएसपी बढुवाका लागि ३२ जना प्रतिस्पर्धी देखिएका छन् । सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेपछि बढुवाको बाटो खुला गरेसँगै प्रतिस्पर्धीहरूले दौडधुप तीव्र पारेका छन् ।
प्रथम श्रेणी तहको बढुवाका लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम परिवर्तन गरी मन्त्रिपरिषद्ले तीन वर्ष बनाएको हो । नियमका कारण प्रहरीमा १५ एसएसपीको पद पछिल्लो चार महिनादेखि रिक्त छ । यस्तै हाल रिक्त रहेको एक नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भए एसएसपीमा अर्को एक पद थपिएर १६ हुनेछ ।
नेपाल प्रहरीमा २०४७, २०४९, २०५१ र २०५२ सालमा भर्ना भएर २०७१ मा एसपी बढुवा भएका ३३ जना एसएसपी बढुवा प्रतिस्पर्धामा छन् । योबाहेक २०५१ र २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भई अघिल्लो बढुवामा छुटेकाहरू तीन वर्ष अवधि फागुन ९ मा पुग्ने भएकाले प्रतिस्पर्धामा सहभागी हुन पाउनेछैनन् ।
यी हुन् बढुवाका दाबेदार
बढुवाको वरीयतामा गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर र रामदत्त जोशी क्रमशः शीर्ष पाँचमा छन् । यस्तै, एउटै ब्याचका महिलाहरू मीरा चौधरी थारू, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा पनि बढुवाको प्रतिस्पर्धी हुन् । यसबाहेक एसपीहरू भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्रप्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, जनक भट्टराई, राजेन्द्र विष्ट, विष्णुकुमार केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, सुदीप गिरी, टेकबहादुर तामाङ, गोविन्दकुमार शाह, उमाशंकर पन्जियार, भीमप्रसाद ढकाल, दीपक थापा र अर्जुन चन्द ठकुरी पनि बढुवाका दाबेदार हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply