शशांकको दिल्ली भ्रमणले कांगे्रसमा हलचल
काठमाडौं । नेपाली कांगे्रसका महामन्त्री डा. शशांक कोइराला आफ्नै पार्टीको नेतृत्वलाई समेत थाहा नदिएर अकस्मात दिल्ली भ्रमणमा गएपछि कांगे्रसभित्र त्यसलाई लिएर विवाद उत्पन्न भएको छ । उनी किन र केका लागि दिल्ली गएका रहेछन् भनेर कांगे्रसका माथिल्लै तहका नेताहरूले भारतीय पक्षसँग सोधखोज गरिरहेका छन् ।
स्रोतका अनुसार महामन्त्री कोइराला पुस २३ गते दिल्ली गएका थिए । उनलाई त्यहाँ भारतको कुनै राजनीतिक नेतृत्वले नभई गुप्तचर संस्था ‘र’ले बोलाएको थाहा भएको छ । कांगे्रसभित्र हिन्दू राष्ट्रको बेमौसमी नारा उठाइरहेका कोइरालालाई त्यसबारे छलफल गर्न बोलाइएको हो कि भन्ने आशंका भए पनि त्यसभन्दा विपरीत कांगे्रसको आन्तरिक राजनीतिका बारेमा छलफल गर्न उनलाई बोलाइएको उच्च सूत्रले बतायो । उक्त सूत्रका अनुसार दुई वर्षभित्र हुने कांगे्रसको महाधिवेशनलाई कसलाई समर्थन गर्ने भन्नेबारे धारणा बनाउन भारतीय संस्थापन पक्ष यतिबेला छलफलमा छ । कोइराला परिवारबाट शशांक र शेखर कोइराला दुवैले सभापतिमा उठ्ने इच्छा देखाएपछि भारतीय संस्थापन पक्ष त्यसलाई कसरी समाधान गरेर एउटै उम्मेदवार बनाउने भन्नेमा सक्रिय भएको छ ।
स्रोतका अनुसार शेखरले यसअघिदेखि नै भारतीय संस्थापनसमक्ष आफूलाई सभापतिमा समर्थन गर्न लबिइङ गर्दै आएका छन् । त्यसका लागि सुपरिचित भारतीय एजेन्ट अमरेश सिंहले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । यता शशांकले पनि आफू सभापतिमा उठ्ने तयारी गरेपछि उनकै आग्रहमा सम्झाउन दिल्ली बोलाइएको स्रोतको दाबी छ ।
महामन्त्री कोइराला दिल्लीमै भएको बेला गुहावटीमा कसैको बिहामा जाने निहुँ पारेर अमरेश पनि दिल्ली पुगेका थिए । त्यहाँ शशांकबारे उनले भारतीय पक्षलार्य थप जानकारी दिँदै तीनपटक सांसद, तीनपटक निर्वाचित केन्द्रीय सदस्य र अहिले निर्वाचित महामन्त्री हुँदा पनि शशांकले खासै क्षमता देखाउन नसकेकाले विकल्पमा शेखरलाई अघि सार्नुपर्ने तर्क गरेका थिए ।
महामन्त्री कोइरालासँग भारतीय कुनै नेताको भेटघाट भएन । गुप्तचरले व्यवस्था गरेका भ्रमणहरूमा पाहुनालाई राखिने डिफेन्स कोलोनीमा कोइरालाका अधिकांश भेटघाट भएका थिए । उनी पुस २७ गते नेपाल एअरलाइसमार्फत राति १० बजे काठमाडौं फर्किएको स्रोतले बतायो ।
महामन्त्री कोइरालाको भ्रमणलाई लिएर सभापति शेरबहादुर देउवा क्याम्पमा हलचल भएको छ भने एकपटक फेरि सभापति लड्ने इच्छा बाँकी नै राखेका रामचन्द्र पौडेल पनि बेचैन बनेका छन् । शशांकको भ्रमणपछि देउवाका दाहिने हात उपसभापति विमलेन्द्र निधिले भारत जाने चाँजापाँजो मिलाउन खोजिरहेका छन् । रामचन्द्र पौडेल चुनाव लडे देउवा नै लड्ने र कोइराला परिवारबाट शेखर वा शशांक लडे निधि लड्ने गरी योजना बनाउनुपर्नेमा देउवा निकट प्रदीप गिरी, पूर्णबहादुर खड्कालगायतले बहस चलाइरहेका छन् । तर, सभापति देउवा भारतीय पक्षलाई मिलाएर भए पनि एकपटक आफैं सभापति हुने योजनामा छन् । त्यसैले उनले शशांकको भ्रमणलाई शंकाको दृष्टिले हेरिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply