पीएलाई असुलीको जिम्मा
काठमाडौं । केही समययता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव आर्थिक असुलीमा व्यस्त देखिन पुगेका छन् । मन्त्री यादवले आफ्ना निजी सचिवमार्फत आर्थिक असुली गर्ने कार्यलाई तीव्रता दिइरहेका छन् ।
मन्त्री यादवले स्वकीय सचिव सन्तोष विष्टलाई आर्थिक असुली गर्ने कार्यमा सुरुदेखि नै खटाउँदै आएका थिए । तर, पछिल्लो समयमा भने विष्टले मन्त्रीको आदेशअनुरूप आर्थिक असुली र लेनदेनलाई तीव्र तुल्याउँदै आएका छन् । आफूलाई ‘स्वच्छ छवि’का मन्त्रीका रूपमा चिनाउने यादवले स्वकीय सचिव विष्टलाई आर्थिक असुलीको जिम्मा नै दिएर खटाएका छन् ।
स्वकीय सचिव विष्टलाई कुन ठाउँबाट कसरी पैसा असुली गर्ने भन्नेबारे धेरै जानकारी नभएको हुँदा उनले नेपाल नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको सहयोग लिएर आर्थिक असुली गरिरहेका छन् । महानिर्देशक पुडासैनीकै सहयोग लिएर विभिन्न पेट्रोलपम्प, सिमेन्ट कारखानालगायतबाट पैसा असुल्ने कार्य चलिरहेको बताइन्छ । खासगरी सिमेन्ट कारखानाहरूलाई गुणस्तरहीन र तौल नपुगेको सिमेन्ट उत्पादन गरेको भन्दै उत्पादन नै रोकिदिने धम्की दिएर पैसा असुली गरिरहेको बताइन्छ । महानिर्देशक पुडासैनीले सचिव विष्टलाई त्यस्ता सिमेन्ट उद्योगहरूबारे सूचना दिने र त्यही आधारमा थर्काएर पैसा असुल्ने गरिरहेका छन् ।
मन्त्री यादवका स्वकीय सचिव विष्ट पैसा असुलीका लागि नेपाल खाद्य संस्थानको महँगो गाडी चढेर ठाउँ–ठाउँमा पुग्ने गरेका छन् । मन्त्री यादवको निर्देशनमा मन्त्रालयमातहतका विभिन्न कार्यालयका सातआठवटा गाडी मन्त्रालयको प्रयोजनका लागि भनेर तानिएका हुँदा सचिव विष्टले खाद्य संस्थानको महँगो गाडी चढ्ने अवसर पाएका हुन् । मन्त्री यादवले अरू गाडी भने आफ्ना निकटका मानिसलाई चढ्न दिएका छन् ।
यसरी नै मन्त्री यादवले बन्द अवस्थामा रहेका केही उद्योग लिजमा दिने प्रक्रिया थालेर त्यसबाट पनि कमाउने बाटो फेला पारेका छन् । मन्त्री यादवले बन्द उद्योगहरू निजी कम्पनीलाई लिजमा दिने हेतुले सहसचिव शोभाकान्त पौडेललाई उक्त कार्यमा प्रक्रिया अगाडि बढाउन जिम्मा नै दिएका छन् । यसका निम्ति केही निजी कम्पनीहरूसँग भित्रभित्रै बार्गेनिङसमेत चलिरहेको बताइन्छ । मन्त्री यादवको निर्देशनमा बन्द उद्योगहरू जनकपुर चुरोट कारखाना, हेटांैडा कपडा कारखाना, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखानालाई निजी क्षेत्रलाई लिजमा दिने प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply