वैद्यनाथको वर्षअघि नै बहिर्गमन
काठमाडौं । सेवा अवधि एक वर्ष बाँकी छँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. वैद्यनाथ महतोले जागिर छाडेका छन् । विवादास्पद छविका डा. महतोलाई निमित्त कार्यकारी निर्देशकबाट हटाएर मन्त्रालयमा तानिएपछि त्यही झोकमा राजीनामा दिएर उनी हिँडेका हुन् ।
तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र यादवको पालामा नार्कका निमित्त कार्यकारी निर्देशक हुन सफल भएका डा. महतोले त्यसपछि पनि लामै समय निमित्त चलाउँदै आएका थिए । तर, नार्कको कार्यकारी निर्देशक भएपछि उनले विभिन्न विवादास्पद कार्यहरू गरे । उनलाई वर्तमान मन्त्री चक्रपाणि खनालले हटाउन खोजे पनि सफल हुन सकेका थिएनन् । तर, केही दिनअघि भने डा. महतोलाई मन्त्रालयमा हाजिर गराएर नार्कको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी वरिष्ठ कृषि वैज्ञानिक डा. दिलबहादुर गुरुङलाई दिइएको थियो ।
आफूलाई नार्कको कार्यकारी निर्देशकबाट हटाएर मन्त्रालयमा तानिएपछि अपमान गरेको महसुस गर्दै डा. महतोले राजीनामा दिएका हुन् । उनको जागिरेको अवधि एक वर्ष बाँकी थियो । तर, आफूभन्दा कनिष्ठलाई कार्यकारी निर्देशक दिएर मन्त्रालयमा हाजिर गराएपछि उनले त्यही झोंकमा राजीनामा दिएको बताइन्छ ।
नार्कको कार्यकारी निर्देशकमा रहँदा डा. महतोले केही विवादास्पद कामहरूसमेत गरेका थिए । केही समय पहिले वैदेशिक भ्रमणमा कर्मचारीहरूको अनावश्यक लर्को लाग्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक भ्रमणमा कडाइ गरेका थिए । तर, नार्कको कार्यकारी निर्देशकमा रहँदा डा. महतोले भने प्रधानमन्त्रीको निर्देशनलाई लत्याउँदै मोरक्कोको भ्रमण गरेका थिए । मोरक्कोको एउटा कार्यक्रममा नार्कका केही कर्मचारीहरूलाई निम्ता आएपछि डा. महतोले आफ्नै नेतृत्वमा उक्त भ्रमण गर्ने प्रबन्ध मिलाएका थिए । तर, मन्त्रालयले प्रधानमन्त्रीको निर्देशन उल्लंघन हुने ठानी डा. महतोको भ्रमणलाई स्वीकृति नदिएपछि उनी बिदा मिलाएर मोरक्को गएका थिए । बिदा लिएर मोरक्को गएपछि उनलाई मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको थियो । तर, उनले चित्तबुझ्दो जवाफ नदिएपछि मन्त्री खनालले उनलाई जिम्मेवारीमुक्त तुल्याउन चाहेका थिए । अहिले उनलाई नार्कको कार्यकारी निर्देशकबाट हटाएर मन्त्रालयमा तानेपछि राजीनामा दिएर आफैं हट्न पुगेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply