सशस्त्रको आगलागी काण्ड बल्झँदै
काठमाडौं । भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा एक वर्षअघि भएको आगलागी काण्डका मतियारहरू जेल जाने भएका छन् । ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको थियो । सो भ्रष्टाचारमा संलग्नहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइसकेको छ भने अब मुद्दा चलाउने अन्तिम तयारी गरेको थाहा भएको छ । सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले छानबिन गरी प्रतिवेदन पेस गरिसकेको थियो ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित हेडक्वार्टरको स्टोर कोठामा गत वर्षको पुस ३ गते बिहान २ बजेतिर आगलागी भएको थियो । सो घटनाबारे अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय प्रहरी अपराध महाशाखाले सशस्त्रको ढुवानीसम्बन्धी कागजपत्र जलाउने उद्देश्यले सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्केर आगो लगाएको निष्कर्ष निकालेको थियो ।
सशस्त्रमा सामान ढुवानी शीर्षकमा नक्कली बिल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा लेखा शाखामा कार्यरत हवल्दार श्रेष्ठले समेत ढुवानीको नाममा पेस्की रकम लिएर अनियमितता गरेको देखिएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो ।
बयानपछि अख्तियारले ढुवानीसम्बन्धी फाइल मगाएको थियो । प्रहरी अनुसन्धानमा उनले सोही फाइलका प्रमाण नष्ट गर्न आगो लगाएको खुलेको छ । यता गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीको मुख्यालयस्थित लेखा शाखामा भएको आगलागीको घटना नियोजित रहेको निष्कर्ष निकालेको थियो । गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समितिले बनाई सो घटनाको छानबिन गरेको थियो । समितिले नियोजित रूपमा लेखा शाखामा आगलागी गराएको पुष्टि भएको भन्दै शाखामा रहेका सबैलाई निलम्बन गर्न लेखी पठाएको थियो । निलम्बितहरूले जति नै चलखेल गरे पनि अन्ततः उनीहरूको अब जागिर जाने पक्का भएको छ । सो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआईजीहरूद्वारा भएको भ्रष्टाचारको महŒवपूर्ण कागजात पनि जलेको थियो । त्यसैले, ठूला भ्रष्टाचारको प्रमाण लोप गराउन सो घटना गराइएको बताइन्छ । सशस्त्रका पूर्वआईजीपीहरू र अन्य भ्रष्ट अधिकृतहरूको कुकर्मको प्रमाणहरू आगो लगाउनमा पनि भूमिका निर्वाह गरेको उच्च तहका अधिकृतहरूसमेत संलग्न भएको सशस्त्र स्रोत बताउँछ । त्यसो त आगलागीलाई नाटकीय रूप दिएर रामकृष्ण नामका हवल्दार र सई हुमबहादुर थापालाई दोषी मानेर मात्र नपुग्ने आमकर्मचारी बताउँछन् ।
सो घटनामा लेखापरीक्षण नै हुन बाँकी कागजात पनि आगलागीमा जलेका थिए । त्यतिबेला अख्तियारले डामेका आईजीपीहरूले गरेका निर्णयजति सबै आगलागीमा परेका थिए । अब प्रश्न उठ्छ, हवल्दार र सईले आफू जोगिन आगो लगाए पनि भ्रष्टहरूको प्रमाण मेटाउने काम किन गरे ? वास्तविकता त अरूको योजनामा हवल्दार र सईले आगो झोसेको हुन सक्ने बताइन्छ । यद्यपि, उक्त कुरा उनीहरूले बयानमा खुलाएका छैनन् । त्यतिबेलामा प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका पनि निकै विवादमा परेको थियो । पूर्वआईजीपीहरू वासुदेव ओली, सनतकुमार बस्नेत, कोषराज वन्तलगायतले गरेका आर्थिक प्रशासनसम्बन्धी निर्णय जलेर नष्ट भएका गराइनु षड्यन्त्रपूर्ण भएकाले सो छानबिन माथिदेखि तलैसम्म पुग्नु जरुरी भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply