रवीन्द्रको उत्तराधिकारी बन्न विद्या अनिच्छुक !
काठमाडौं । ताप्लेजुङको फुङलिङमा हेलिकप्टर दुर्घटनामा संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधन भएपछि नेपाल कम्युनिस्ट पार्टी पंक्ति शोकमा छ । रवीन्द्रको निधन भएको एक साता बित्दै गर्दा कास्कीमा शोकलाई शक्तिमा बदलेर उनको बिरासत धान्ने उत्तराधिकारीबारे बहस हुन थालेको छ ।
केन्द्रीय तहका नेतादेखि कास्कीका अगुवा कार्यकर्ताहरूले लोकप्रिय युवानेता रविन्द्रको बिरासत धान्न उनकी जीवनसँगिनी विद्या भट्टराईलाई राजनीतिको मैदानमा आउन ढाडस दिइरहेका छन् । तर, विद्या भने तत्काल राजनीतिमा आउन अनिच्छुक रहेको उनको पछिल्लो सार्वजनिक अभिव्यक्तिबाट प्रस्ट भएको छ ।
‘राजनीति गर्नेबारे मैले कुनै सोच बनाएको छैन । अहिले त्यो सोच्ने बेला पनि होइन । म जुन क्षेत्रमा छु, त्यहाँ सकेजति राम्रो गर्नु मेरो प्राथमिकता हो,’ रवीन्द्रको पुण्यतिथिका अवसरमा एक पत्रिकाले निकालेको विशेषांकमा विद्याले राजनीतिप्रति आफ्नो अनिच्छा प्रकट गर्दै भनेकी छन्, ‘विकास आन्दोलनलाई दिशानिर्देशन गर्नेखालको व्यक्तिलाई अबको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा उठाउनुपर्छ ।’
स्वर्गीय रवीन्द्र कास्कीमा लगातार तीनपटक प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए । ०६४, ०७० र ०७४ मा लगातार जित हासिल गरेकाले मात्र होइन, विकास समितिको सभापति र पछिल्लोपटक मन्त्रीको हैसियतमा गरेका कार्यसम्पादका कारण उनको लोकप्रियता चुलिँदै थियो । त्यसैले पनि एक दशक लामो समय विद्यार्थी आन्दोलनमा बिताएर अनेरास्ववियुको सचिवबाट बिदा लिएकी विद्याले नै रवीन्द्रको बिरासत धान्नुपर्ने माग शोकको बेला उठ्नु अस्वाभाविक पनि होइन । रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्रकी सहप्राध्यापकसमेत रहेकी उनले एमफिलसमेत सिध्याएर बौद्धिक व्यक्तित्वलाई अझ फराकिलो बनाएकी छन् । तर, पार्टीभित्र हुर्किंदै गएको गुटगत राजनीति मात्र होइन, राजनीतिमा भित्रिएको अपराधीकरणलाई कारण दर्साएर सयौं शुभेच्छुकको ढाडसका बाबजुद विद्या तत्काल राजनीतिमा प्रवेश गर्न हिचकिचाएको बताइन्छ ।
निकटस्थ स्रोतका अनुसार पार्टीपंक्ति र परिवारले सल्लाह दिए पनि उनले राजनीतिमा भन्दा प्राध्यापन क्षेत्रमै उज्ज्वल भविष्य सुनिश्चित र सुरक्षित महसुस गरिरहेकी छन् । त्यसैले, समवेदना प्रकट गर्न जाने आफन्तजनलाई पनि उनले आफू राजनीतिमा नआउने प्रस्ट संकेत गरेकी छन् । पछिल्लो निर्वाचनमा कांग्रेसका देवराज चालिसेलाई आठ हजारभन्दा बढी मतले पछि पार्दै रवीन्द्र विजयी भएका थिए । यही बीचमा रवीन्द्रको क्षेत्रमा सचिवालय सदस्य वामदेव गौतमको नाम पनि एकाएक चर्चामा आएको छ । तर, मिडियामा चर्चा सुरु हुनासाथ गौतमले आफूले उम्मेदवारी नदिने भन्दै खण्डन गरेका छन् । उनले वक्तव्यमा आफ्नो इच्छा बेगर पार्टीले निर्णय गरेछ भने पनि आफू नउठ्ने बरु परिवारका सदस्यलाई नै उम्मेदवार बन्न आवश्यक भूमिका खेल्ने प्रस्टीकरण दिएका छन् । पार्टीभित्र कुरै नराखी उनले वक्तव्यमा किन विद्याको प्रसंग उल्लेख गरे ? नेकपा पंक्तिलाई आश्चर्य तुल्याएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply