अर्यालविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कामु प्रमुख पदमप्रसाद अर्यालसहित नायब सुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराईसहितविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत हप्ता बुधबार साप्ताहिकले मालपोत प्रमुखबारे ‘आफ्नै भवन खाली, भाडा लिएर कमिसन खाने ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । अख्तियारले मुद्दा दायर गरिसकेपछि चावहिल मालपोत कार्यालय प्रमुखविहीन बनेको छ ।
मालपोत अधिकृत अर्यालसहितले २०७१ मा पर्सा मालपोत कार्यालयमा कार्यरत हुँदा वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ४ कि.नं.२३७ क्षे.फ. ७३.२० वर्गमिटर जग्गा २०७१ पुस २१ मा लिखत पारित गर्दा प्रचलित कानुनबमोजिम राजस्व निर्धारण गर्दा हेर्नुपर्ने वा परीक्षण गर्नुपर्ने घरबाटो सिफारिसलगायत कागजात नहेरेको, परीक्षण नगरेको, आवश्यक प्रमाण संकलन नगरी घटी राजस्व निर्धारण गरी लिखत पारित गरेका कारण नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको आरोप छ । घर उल्लेख गर्न छुट भए जसले बिक्री गरेको हो, उसैलाई निवेदन लेख्न लगाई राजस्व लिनुपर्नेमा नलिएपछि उनीहरूविरुद्ध मुद्दा दायर गर्ने आधार अख्तियारले पाएको छ । चावहिल मालपोत कार्यालयमा एउटाको जग्गा अर्कैको नाममा नामसारी गर्ने र बिक्री गरेको आरोपमा मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिनाविरुद्ध केही महिनाअघि मात्र विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ । त्यसअघि छुट जग्गा दर्ताको आरोपमा कर्मचारी सहित ५४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । यसरी डेढ वर्षको बीचमा चावहिल मालपोत कार्यालयका १५ भन्दा बढी कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर भइसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply