गंगालालको जन्मशताब्दी मनाइयो
काठमाडौं । सहीद गंगालाल श्रेष्ठ जन्मेको सय वर्ष पूरा भएको अवसरमा अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिएकोे छ । पुष्पलाल स्मृति प्रतिष्ठान र सहिद गंगालाल जन्म शताब्दी आयोजना समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा, कमल कोइराला र भैरव रिसालललाई सम्मान गरेका थिए ।
कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘क्रान्तिवीर गंगालाल’को पनि लोकार्पण गरिएको थियो । वसन्तपुरमा जन्म शताब्दी सभा हुनुअघि रामेछाप–काठमाडौं सम्पर्क मञ्च र संघीय जनसम्पर्क मञ्च रामेछापले विशेष झाँकीसहित र्याली निकालिएको थियो । सभा हुनुअघि गंगालाल श्रेष्ठको प्रतिमा भएको स्थान शोभा भगवतीमा माल्यार्पण गरिएको थियो । १९७५ सालमा रामेछापको भँगेरीमा जन्मेका सहिद गंगालाल श्रेष्ठलाई राणा शासन विरोधी गतिविधि गरेको भन्दै १९९७ माघ १५ गते सेन्ट्रल जेलबाट घरछेउको बाटो हुँदै विष्णुमती किनारमा रहेको शोभाभगवतीमा गोली हानेर मृत्युदण्ड दिइएको थियो । नेपालको राजनीतिक परिवर्तनको आन्दोनमा एक धरोहर गंगालालको जन्म शताब्दी मनाउन ‘सहिद गंगालाल श्रेष्ठ जन्मशताब्दी आयोजना समिति’ बनेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply