सुरुङमार्गको नाममा अल्मल्याउने दाउ
काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनीले फेरि नयाँ फन्डा अघि सारेको छ । सुरुङ मार्गको उधारो सपना देखाएर जनतासँग एक दशकअघि उठाएको रकम यत्तिकै सकेको सो कम्पनीले फेरि चाइना पावर कम्पनीसँग ज्वाइन्ट भेन्चरमा सुरुङ मार्ग बनाउने भन्दै जनताको आँखामा छारो हाल्न थालेको छ ।
यही योजनाअनुरूप उसले फेरि पैसा उठाउन नयाँ रणनीति अघि सार्दै गत शनिबार विशेष साधारण सभासमेत गरेको छ । सो सभाले यस अघिका सञ्चालक समिति विघटन भएको जानकारी दिँदै तीन सदस्यीय तदर्थ समिति बनाएको जानकारी दिएको छ ।चैत ९ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले नौ सदस्यीय सञ्चालका समिति विघटन गरेर तीन सदस्यीय तदर्थ समिति गठन गरेको बताइएको छ ।
विशेष साधारण सभाले गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, सुभाषचन्द्र ठकुरी र नविल कँडेल सहभागी रहेको तदर्थ समिति गठन गरेको बताइन्छ । त्यसमध्ये यी तिनै जनाको छवि जनताको नजरमा राम्रो छैन । कम्पनीको सञ्चालक समिति विघटन गर्दै पावर चाइनासँग ज्वाइन्ट भेञ्चरमा काम गर्ने भनेर नयाँ फन्डा अघि सारेपछि फेरि यही नाममा जनता झुक्याएर रकम संकलन गर्ने दाउमा सञ्चालकहरू लागेका छन् । भट्टलाई अध्यक्ष तोकेको विशेष साधारण सभाले ठूला लगानीकर्ताका तर्फबाट अन्य दुईजनालाई तदर्थ समितिमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
विशेष साधारण सभाको निर्णयसँगै नेपाल पूर्वाधार विकास कम्पनीबाट संस्थापक अध्यक्ष कुशकुमार जोशी, पूर्वअध्यक्ष लालकृष्ण केसी, नुगल आनन्द वैद्य, जयराम लामिछाने, सुकुन्तलाल हिराचन र भुवनलाल श्रेष्ठलाई योजनाबद्ध तरिकाले बाहि¥याएका छन् । यसअघि विक्रम पाण्डेले कम्पनी छाडिसकेका थिए । पैसा हुने र लगानी गर्न सक्ने क्षमता हुनेलाई बिस्तारै पाखा लगाएर कम्पनी टाट पल्टाउने र उठेर रकम भने घुमफिरमै खर्च गरेका यसअघि पनि कम्पनी बदनाम भइरहेको छ ।
विशेष साधारण सभाले पावर चाइना कम्पनीसँग जोइन्ट भेन्चर कम्पनी स्थापना गरेर सुरुङमार्ग निर्माणको कामलाई अघि बढाउने निर्णयसमेत गरेको छ । त्यसका लागि आगामी असार १४ गते साधारण सभा बोलाउने निर्णय पनि विशेष साधारण सभाले गरेको छ । नेपाल पूर्वाधार विकास कम्पनीको विशेष साधारण सभाले कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ । त्यस्तै, पावर चाइनासँग ज्वाइन्ट भेन्चर कम्पनी स्थापनाका लागि सरकारसँग सहमति माग्ने, आन्तरिक र संस्थागत लगानी खोज्ने, जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । निर्माणका लागि आवश्यक समिति र संरचनाहरू निर्माण गर्ने, ट्र्याक ओपनलगायत निर्माण कार्य गर्नुअघि पूर्वतयारीका काम सम्पन्न गर्नेलगायत निर्णय गरेको बताइएको छ ।
सो सुरुङमार्गलाई सुनको फुल पार्ने कुखुरी भन्दै गाउँगाउँमा डकुमेन्ट्री देखाएर प्रभाव पारेपछि मकवानपुरेहरूले खोरको खसी र कानको ढुंग्री बेचेर करोडौं लगानी गरेका छन् । तर, काम हुन सकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply