बीओकेमा गम्भीर समस्या
काठमाडौं । बैक अफ काठमाडौं गम्भीर समस्यामा परेको छ । सर्वसाधारणको निक्षेपबाट चलेको बैंकमा सञ्चालकहरूले मनोमानी गर्दा बैंक समस्यामा परेको हो । बैंकमा आन्तरिक किचलो तथा मनोमानी बढेपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको छ । यस घाटापछि बैंकका लगाएपछि सञ्चालकहरू तनावमा परेका छन् । लाभांश रोक पनि एक खालको कारबाही नै भएको बताइन्छ ।
पछिल्लोपटक बैंक अफ काठमान्डु (बीओके) मा संस्थागत सुशासनको पालनमा गम्भीर समस्या देखिएको बताइन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार कुुनै पनि बैंक तथा फाइनान्स कम्पनीमा एकाघर परिवारका एकै व्यक्तिको नाउँमा ठूलो परिमाणमा संस्थापक सेयर हुुनुहुँदैन । तर बैंक अफ काठमान्डुमा संस्थापक सेयरधनी डम्बरबहादुर मल्लको नाउँमा दुई प्रतिशतभन्दा बढी सेयर रहेको छ । सोही आधारमा उक्त सेयर मिलान गर्न भन्दै राष्ट्र बैंकले बैंक अफ काठमान्डुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनका कारण बिओकेले गत आर्थिक वर्षको खुुद मुनाफामध्येबाट प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर, ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अन्योलमा परेको छ । बैंकमा अहिले पनि मल्लको नाउँमा झन्डै २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको र यदि हालकै अवस्थामा बैंकले लाभांश वितरण गर्ने हो भने मल्लको भागमा मात्र झन्डै ३ करोड रूपैयाँ पर्न आउँछ । यसरी एकै व्यक्तिको नाउँमा ठूलो परिमाणमा सेयर हुुँदा बैंकमा संस्थागत सुशासन कमजोर हुुने भन्दै राष्ट्र बैंकले बिओकेलाई कारबाही गरेको हो । राष्ट्र बैंकले बिओकेलाई कारबाही गर्दै बढी अनुुपातमा रहेको सेयर बिक्री गरेर राष्ट्र बैंकले तोकेको सीमाभित्र नल्याएसम्म लाभांश वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थामा चुत्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिनेछ । तर, बिओकेमा मल्लको सेयर राष्ट्र बैंकको तोकेको व्यवस्थाभन्दा निकै नै उच्च रहेको छ ।
हाल बैंक सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ रहेका छन् भने सञ्चालक समिति सदस्यहरूमा राधेश पन्त, जितेन्द्र धिताल, डा. हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा रेग्मी, मदनलाल जोशी र दिव्यनिधि विष्ट रहेका छन् । त्यसैगरी सीईओ शोभनदेव पन्त रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply