पूर्वडीआईजीको नाममा मिटरब्याजको धन्दा
काठमाडौं । ६० को दशकमा क्यासिनोमा जुवा हारेर टाट पल्टिएकाहरूलाई घरजग्गाको धनीपुर्जा वा गाडी धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्नेहरू पछिल्लो समयमा पनि यसमा सक्रिय छन् । पछिल्लो समयमा आपतविपत्मा परेकाहरूको घरजग्गाको पुर्जा वा गाडी धितोमा राखी मिटरब्याजमा पैसा लगानी गर्दै आएका छन् । मिटरब्याजमा दुई करोड दिएर दुई वर्षमा आठ करोड रूपैयाँ तिर्दा पनि चुक्ता नगरेको भन्दै महेशबहादुर सिंहले कन्चटमा बन्दुक तेर्साएपछि एक समय चर्चित अर्बिट इन्टरनेसनलका उद्धव केसी सपरिवार जापान पलायन हुनुपरेको छ । उद्धव केसी एक उदाहरण हुन्, कैयौं उद्धव केसीहरूलाई उनीहरूले मिटरब्याजमा पैसा लगानी गरी करोडको सम्पत्ति लाख दिएर हडपेका छन् ।
महेश सिंह, वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’देखि ऋषि सुवेदीको धन्दा मिटरब्याज नै हुँदै आएको छ । यिनीहरूमध्ये अधिकांशले प्रहरीको पैसा लगानी गर्दै आएका छन् । प्रहरीको पैसा लिएर चर्को ब्याजमा लगानी गर्दै आएको यो समूहका महेश सिंह र वीरेन्द्रलालले धेरैका करोडका घर लाखमै कब्जा गरी रोडमा ल्याइदिए । महेश सिंहलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा चलाएपछि मिटर ब्याजको धन्दाबाट पलायन भइसकेका छन् । बलराम सापकोटा बलेले झापाको धुलाबारीमा होटल मेची क्राउनमा लगानी गरेका छन् । बले पछिल्लो समयमा अदालतका बिचौलिया पनि हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि आफ्नो कनेक्सन छ भन्दै मुद्दामा करोडौंको डिल गर्दै आएका छन् ।
वीरेन्द्रलाल श्रेष्ठले अहिले पनि मिटरब्याजमा लगानी गर्दै आएका छन् । यद्यपि किरण गौतम र कल्याण तिम्सिना एआईजी हुँदाजस्तो उनको चकचकी छैन । अहिले मिटरब्याजमा उदाउँदा पात्र हुन्, ऋषि सुवेदी । प्युठान घर भएका उनी पूर्वडीआईजी नवराज सिलवाल, नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीको नाम लिँदै मिटरब्याजमा लगानी गर्दै आएका छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वअसई सुवेदीले एसएसपी सुवेदीलगायतसँग सापटी लिएर मिटरब्याजमा लगानी गरी छोटो समयमा अथाह सम्पत्ति आर्जन गरेका छन् । विराटनगरतिरका कुमारी पुरीले सुवेदीसँग डेढ वर्षअघि १५ लाख सापटी लिएका थिए । उनले अहिलेसम्म ३५ लाख तिरिसक्दा पनि अझै सावाँजतिको त्यति नै छ । उनले केही दिनअघि पुरीलाई यो रकम पूर्वडीआईजी सिलवाल र सुवेदीको हो भन्दै तुरुन्त चुक्ता गर्न चेतावनी दिएपछि उनी तनावमा परेका छन् । प्रहरीका बीचौलियाका रूपमा चिनिने सुवेदी एक प्रहरी अधिकृतका विरुद्ध अर्कालाई कुरा लगाएर एकअर्कामा विवाद गराउने काममा पनि उत्तिकै लाग्ने गरेका छन् । यस्तै प्रवृत्तिका कारण विवाद हुँदा एसपी आभूषण तिम्सिना र सुवेदीबीच दुई वर्षअघि हात हालाहालसमेत भएको थियो ।
यसैबीच, एक प्रहरी अधिकृतले मिटरब्याजमा लगानी गरेको ३ करोड रुपैयाँ डुबेको छ । डीएसपी कुमुद ढुंगेलले एक होटल सञ्चालकलाई प्रहरीका उच्च अधिकारीबाट लिएर दिएको ३ करोड डुबेको हो । उक्त रकम डुबेको कुरा पहिला लाजिम्पाट र हाल महाराजगन्ज चक्रपथमा सारिएको भेनस रेस्टुरेन्टमा उनले आफ्ना निकटहरूसँग चिन्ता प्रकट गरेका छन् । उनी उक्त रकम डुबेपछि नगर प्रहरीको प्रमुखमा सरुवा भएर आउने र त्यहाँ हरेक बिहान खेल्न आउनेहरूसँग कनेक्सन मिलाएर उक्त रेस्टुरेन्टको व्यापार वृद्धि गराउने चक्करमा लागेका छन् । उनी केही दिनअघि रूपन्देहीबाट चन्द्रनिगाहपुरमा सरुवा भएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply