अवैध मुद्रा कारोबारीको सेटिङ बालुवाटारसम्म
काठमाडौं । करिब २५ लाखबराबरको अवैध विदेशी मुद्रासहित हप्ता प्रहरीको फन्दामा परेका त्रिभुवन विमानस्थलका क्याफे सञ्चालक सुवास श्रेष्ठ राजस्व अनुसन्धानबाट पाँच दिनअघि नै छुटिसकेका छन् । उनको जालो प्रधानमन्त्रीदेखि प्रहरी उच्च तहसम्म साँठगाँठ रहेकै कारण राजस्व अनुसन्धान विभागले पनि उनलाई तुरुन्तै धरौटी छोडिदिएको हो ।
श्रेष्ठले तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारीसँग सेटिङ मिलाएर अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्पूर्ण सुरक्षा घेरा पार गरेर अन्तिममा क्याफे सञ्चालन गर्दै आएका थिए । श्रेष्ठले सो ठाँउमा क्याफे चलाउन राष्ट्रिय सुरक्षा परिषद् र विमानस्थल सुरक्षा समितिको समेत सिफारिस लिएर क्याफे सञ्चालनको अनुमति पाएका हुन् । सुरक्षा परिषद्मा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीको प्रतिनिधि हुन्छन् । परिषद्ले उनलाई सजिलै क्याफे सञ्जालको अनुमति दिएको थियो । यति धेरै सुरक्षा निकायको नेतृत्वमा भएको समितिबाट समेत श्रेष्ठले संवेदनशील क्षेत्रमा क्याफे सञ्चालन गर्दा सुरक्षा चुनौती नरहने सुझाव दिएको थियो । त्यसैगरी श्रेष्ठले विमानस्थल सुरक्षा समितिबाट पनि सो क्याफे सञ्चालन गर्दा सुरक्षा चुनौती नरहेको सिफारिसपत्र लिएका थिए । सो शिफारिसका आधारमा श्रेष्ठलाई क्याफे सञ्चालनको स्थान मिलेको थियो । श्रेष्ठले क्याफे सञ्चालनको जिम्मा लिँदाताका विमानस्थलमा कार्यरत एक अधिकृतका अनुसार उच्च तहमा सेटिङ मिलाएरै क्याफे चलाउने ठाँउ हात पारेका थिए । श्रेष्ठले सञ्चालन गरेको क्याफेमा सामान्य पानी, कोक, चक्लेटलगायत हल्का खाने कुरा राख्ने भनेर खोलिएको हो । तर उनले मम, चाउमिनदेखि सबै खाने कुरा बेच्न थाले । ती सबै खानेकुराका प्याकेट बाहिरबाटै लिने गरेको थिए ।
स्रोतका अनुसार श्रेष्ठको उच्च पंहुच देखेरै प्रहरी कर्मचारीदेखि अध्यागमनका अधिकारी र विमानस्थलका कर्मचारीहरूले उनको बिराशेध गरेका थिएनन् । स्रोतका अनुसार श्रेष्ठको सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रहरीको उच्च तहसम्म छ । स्रोतका अनुसार व्यापारी श्रेष्ठले पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग समेत पहुँच बनाएका थिए । श्रेष्ठलाई प्रधानमन्त्रीसम्म पुु¥याउने काम गरेका थिए, प्रधानमन्त्रीनिकट गोविन्द थापाले गरेका थिए । स्रोतका अनुसार गोविन्द थापा र श्रेष्ठबीच निकट सम्बन्ध छ, थापाले नै श्रेष्ठलाई प्रधानमन्त्री निवास बालुवाटार पटकपटक लगेर भेट गराएको खुलेको छ । पक्राउ परेका श्रेष्ठले पोल खोल्ने डरले प्रहरी प्रधान कार्यालयदेखि विमानस्थलसम्म खैलाबैला भएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply