राष्ट्रपति भण्डारी आज चीन जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज ११ वजे जनवादी गणतन्त्र चीन प्रस्थान गर्दै छिन । चिनियाँ समकक्षी सी जिन पिङको विशेष निमन्त्रणमा उनी नौ दिने भ्रमणमा त्यसतर्फ जान लागेकी हुन् । उनको भ्रमणका लागि नेपाली राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरिएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू योगेश भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, कमला ओली, रामैश्वर राय यादव, राष्ट्रपतिका सल्लाहकारद्वय सुशील प्याकुरेल र लालबाबु यादव, परराष्ट्र सचिव शंकरदास बैरागी, चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, कान्तीपुर टेलिभिजनका अध्यक्ष कैलाश सिरोहिया, एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल, चारजना सुरक्षाकर्मी र व्यवसायीसहित गरी ३४ जना सरकारी खर्चमा सो भ्रमण टोलीमा चीन जाँदै छन् भने त्यसबाहेक आफ्नै खर्चमा २८ जना जाँदै छन् ।
चीन भ्रमणका क्रममा आज सी जिन पिङको जन्मस्थान सियान जाने र भोलि मात्र बेइजिङ पुग्ने कार्यक्रम छ । फर्कंदा एक रात ल्हासा बसेर नेपाल फर्किने कार्यक्रम छ । चीनमा रहँदा राष्ट्रपति भण्डारीले बेइजिङमा दोस्रो बेल्ट एन्ड रोड फोरमको उद्घाटन सत्रलार्ई र चिनियाँ राष्ट्रपति सी जिङपङकले सञ्चालन गर्ने एउटा राउन्ड टेबुललाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । दुई देशका राष्ट्रपतिबीच १६ गते औपचारिक वार्ता हुने जनाइएको छ । जहाँ पारवहन तथा यातायातसम्बन्धी प्रोटोकललगायत झण्डै आधा दर्जन सहमतिमा हस्ताक्षर हुने कार्यक्रम छ । पारवहन प्रोटोकलमा हस्ताक्षरसँगै नेपालको सामुद्रिक बन्दरगाहसम्मको पहुँचका लागि भारतसँगको मात्र निर्भरताको औपचारिक रूपमा अन्त्य हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply