संसदीय दलमा पहिलोपटक सवालजवाफ
काठमाडौं । २०७४ सालको निर्वाचनपछि पहिलोपटक सांसदहरूसँग दोहोरो सवालजवाफसहित सोमबार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना गुनासाहरू मात्र पोखेनन्, यसले पार्टीमा सामूहिकताको भावना प्रतिविम्बित गरेको भन्दै सांसदहरूले खुसी प्रकट गरेका छन् ।
विगतमा एकाधपटक संसदीय दलको बैठक बसे पनि त्यहाँ शीर्ष नेताहरूले आफ्नो कुरा मात्र सुनाउने गरेका थिए, सांसदहरूले बोल्न पाएका थिएनन् । पार्टीमा पनि एक वर्षभन्दा बढी समयदेखि केन्द्रीय कमिटीको बैठक नै नबसेको अवस्थामा अस्ति बसेको संसदीय दल बैठकमा बोल्न पाएपछि सांसदहरूले थोरै भए पनि प्यास मेटिएको अनुभूति गरेका छन् । पार्टी कमिटी र संसदीय दल अलग–अलग संरचना हुन् तर अधिकांश केन्द्रीय कमिटीका नेता सांसद पनि छन् । दलभित्र पार्टी एकताका सन्दर्भमा पनि सवाल जवाफ भएको थियो । बैठकमा २९ सांसदले बोलेका थिए । जसमध्ये २७ जनाले सरकारका कमजोरीहरू बारे नेताहरूको ध्यनाकर्षण गराएका थिए भने दुईजना सांसद निरु पाल र पदम गिरीले सरकारको बचाउ गरेका थिए । बैठकमा सांसदहरू भीम रावल, घनश्याम भुसाल, खगराज अधिकारी, झपट रावल, गाणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जनार्दन शर्मा, लालबहादुर थापालगायत सांसदले बोलेका थिए । सांसदहरूले संसदीय समितिहरू प्रभावकारी नभएको सरकार आफैं मात्र होइन, दलको काम कारबाही प्रभावकारी नभएको, मूल बजेट नभएर मन्त्रालयगत विनियोजन अन्यायपूर्ण भएको, गुट र नेताको पहुँचका आधारमा बजेट गएको भन्दै असन्तुष्टी प्रकट गरेका थिए ।
नेताहरूको गुनासोपछि दलका नेता केपी शर्मा ओलीले मन्त्रीहरू अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र भूमिसुधारमन्त्री पद्मा अर्याललाई बोल्न समय दिएका थिए । बोल्ने क्रममा मन्त्री महासेठले संसदीय दललाई ढाँटेको भन्दै सांसद लालबहादुर थापाले आपत्ति जनाएपछि केही चर्काचर्कीसमेत परेको थियो ।
मन्त्रीहरूको जवाफपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेका थिए । ओलीले सरकार सञ्चालन र पार्टी उकताका सन्दर्भमा भनाइ राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताबारे भनाइ राखेका थिए । पार्टी एकता बिथोलिने खालका अभिव्यक्ति बाहिर आएको सन्दर्भमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले त्यसमा सत्यता नभएको जिकिर गरे । त्यसलाई थप पुष्टि गर्न उनले पार्टी एकताका खातिर आफूले एकताको दस्तावेज बनाएर ल्याउन प्रचण्डलाई भनेको र उहाँले ल्याएको दस्तावेज नपढी हस्ताक्षर गरेको बताए । त्यो विश्वासमा आफूहरूले काम गरेकाले पार्टी एकता नटुट्ने र असार मसान्तभित्रै एकताका सबै काम सक्नेमा उनले सांसदहरूले आश्वस्त बनाए । अध्यक्ष ओलीको भनाइमा अर्का अध्यक्ष प्रचण्डले पनि लोली मिलाएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply