एकान्तकुनामा बिचौलियाको रजगज
काठमाडौं । सेवाग्राहीहरूबाट अनावश्यक रकम असुल्ने कार्यमा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय अग्रपंक्तिमा रहेको छ । बिचौलियाहरू परिचालित गरेर सेवाग्राहीहरूसँग असुलिएको बढी रकम सोही कार्यालयका प्रमुखदेखि अरू कर्मचारीहरूको पोल्टामा पर्ने गरेको छ ।
उपत्यकाका साना तथा ठूला सवारी साधनहरूसम्बन्धी सबै कार्य सोही कार्यालयबाट हुँदै आएको छ । करिब दुई वर्षअघि उक्त कार्यालयको प्रमुख बनेर गएका उपसचिव वसन्तप्रकाश पन्थीले आफू मातहतका कर्मचारी र बिचौलियाहरूलाई परिचालित गरेर कमाउने धन्दा चलाउँदै आएका छन् । सेवाग्राहीहरूबाट अनावश्यक रूपमा उठाउँदै आएको रकममध्ये उपसचिव पन्थीको भागमा हरेक महिना १० देखि १२ लाखसम्म पर्ने गरेको बताइन्छ । पन्थीको भागमा पर्ने त्यति रकम अनावश्यक रुपमा असुल्दै आएकोमध्ये २० प्रतिशत रकम हो । उनले सो कार्यालयका २० वटा कोठाबाट नै यति–यति रकम बुझाउनुपर्ने भनेर छुट्ट्याएको बताइन्छ ।
उपसचिव पन्थीले आफूमातहतका कर्मचारी र बिचौलियाहरू परिचालित गरेर रकम उठाउने गरेका छन् । जसमा कुनै गाडीको पञ्जीकृत गर्दा १ देखि ५ हजारसम्म, रुट परमिट दिँदा १ देखि ५० हजारसम्म, कर चुक्ता गरेबापत २ देखि ३ हजारसम्म, भ्याट तिर्दा ८ देखि १२ हजारसम्म, प्रदुषण जाँचपास गरेबापत ५ सयदेखि ५ हजार र सवारी प्राविधिक गल्ती गरेबापत चाहिँ व्यक्तिअनुसार जरिवाना लिँदै आएको बताइन्छ । यी सबै काम बिचौलियाहरूमार्फत गरिने भएको हुँदा बिचौलियाहरूले हरेक दिन कर्मचारीहरूलाई रकम बुझाउने गरेका छन् र सोही रकममध्ये २० प्रतिशत प्रमुख पन्थीसम्म पुग्ने गरेको बताइन्छ ।
राम्रो कमाउ हुने कार्यालयका रूपमा चिनिने उक्त कार्यालयमा कमाउनकै निम्ति लामो समयदेखि ८–१० कर्मचारी कार्यरत रहँदै आएका छन् । ९२ कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अरू कर्मचारीहरूको दुई वर्ष अवधि पुगेपछि सरुवा हुने गरे पनि केही कर्मचारीको भने दुई वर्ष अवधि पुगे पनि त्यहीँ नै रजगज चल्दै आएको छ । आठौं तहका राजन पोखरेल, छैटौं तहका नारायण गौतम दुई वर्ष पुगे पनि त्यहीँ नै कार्यरत छन् । त्यस्तै स्टोरकिपर रूपक आचार्य त १० वर्षदेखि त्यहीं कार्यरत रहँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply