कस्मेटिक खरिदमा तीव्र राजस्व छली
काठमाडौं । नेपालमा ठूलो परिणाममा कस्मेटिक सामान आयात हुनेगर्छ । तर, ती सामान खरिद गर्दा तीव्र ढंगले राजस्व छली हुने गरेको तथ्य पत्ता लागेको छ ।
सामग्रीको आयात तथा बिक्री गर्ने अशोक र अरुण अग्रवाल (कसेरीवाल) ले ठूलो परिणाममा राजस्व छली गर्ने गरेको पाइएको छ । अशोक र अरुणले सञ्चालन गरेको दिव्या इम्पेक्स तथा अन्य फर्महरूले कस्मेटिक सामग्रीको आयात तथा बिक्री गर्दा ठूलो परिणाममा राजस्व तथा भन्सार छली गर्ने गरेको पाइएको छ ।
फिलिफिन्स, दुबई, थाइल्याड तथा अन्य विभिन्न देशबाट ठूलो परिणाममा कस्मेटिक सामग्रीको आयात गर्ने अशोक र अरुणले न्यून बिजकीकरण गरी सामान आयात गर्ने र ठूलो मात्रामा भन्सार–राजस्व छली गर्ने गरेको बताइएको छ ।
राजस्व अनुसन्धान विभागका कर्मचारीसँग सेटिङ मिलाएर नै सो काम हुने गरेको बताइन्छ । अशोक र अरुणले सिजनमा हप्ताको दुई कन्टेनरसम्म कस्मेटिक सामग्रीको आयात गर्ने गरेका छन् । झमझम तेल, आरडीएल पपैया र डोभ साबुन, युनिलिभरका विभिन्न सौन्दर्यका सामानहरू, ग्यालसोलिङ, फेस तथा बडी क्रिम, बडी स्प्रे, गिल्सिरिन, फेस वास, परफ्युमलगायत सामान अशोक र अरुणले आयात र बिक्री गर्दै आएका छन् । यी सबै सामानमा आयातकर्ताको नाम छैन ।
देशकै प्रमुख व्यपारिक केन्द्र नयाँसडकस्थित आरबी कम्प्लेसनजिक रहेको दिव्या इम्पेक्स तथा अन्य फर्महरूबाट दैनिक लाखौंको कारोबार गर्ने अशोक अग्रवाल, अरुण अग्रवालले थोकमा सामान बिक्री गर्ने गरेका छन् । थोकमा सामान बिक्री गर्दा ग्राहकलाई भ्याट बिल दिँदैनन् । दिनुपरे पनि कम मूल्यको बिल थमाउने गरेको एक व्यवसायीले बताएका छन् ।
भ्याट मात्र होइन, उनीहरूले लाभकर पनि छल्ने गरेको उनीहरूले नै कर कार्यालयमा पेस गरेको कागजपत्रबाट प्रस्ट हुन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply