पूर्वएमालेकै अभ्यास अनुशरणको प्रयास
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वएमाले समूहकै संगठनात्मक संरचनाअनुसार कमिटीहरू बनाएको छ । पार्टीका केन्द्रीय विभागदेखि, विधान र नियमावलीसमेत पूर्वएमाले समूहकै अभ्यासलाई निरन्तरता दिइए पनि पार्टी एकतामा भइरहेको ढिलाइले भने कार्यकर्ता पंक्तिमा निराशा छ ।
विधि, प्रक्रिया र मापदण्डबिनै सञ्चालित पूर्वमाओवादी समूह प्रचण्डको फलोअर्सजस्ता मात्र छन् । विधि, प्रक्रियाअनुसार पार्टी संचालन गर्ने, वैचारिक बहसका आधारमा निष्कर्षमा पुग्ने भन्दा पनि प्रचण्डलाई देवत्वकरण गर्दै उनकै आदेश र निर्देशनअनुसार सञ्चालित हुँदै आएको पूर्वमाओवादी समूहजस्तै नेकपा पनि त्यस्तै बन्ने हो कि भन्ने चिन्ता थियो । तर, यस्ता चिन्तालाई दूर हुनेगरी पार्टी सञ्चालनमा पूर्वएमालेकै शैली अनुशरण गर्न थालिएको छ ।
केन्द्रीय विभाग गठनसहित केन्द्रीय सदस्यहरूको कार्यविभाजनका सन्दर्भमा केन्द्रीय नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेर उनीहरूको रुचिसमेत बुझ्ने लोकतान्त्रिक विधि नेकपाले अपनाएको छ । महासचिव विष्णु पौडेलले सबै स्थायी समिति सदस्यहरूमध्ये कतिपयलाई बोलाएर, कतिलाई टेलिफोन गरेर उनीहरूको जिम्मेवारीका सन्दर्भमा छलफल गरेका छन् । सबैको प्राथमिकता बुझेर त्यसअनुसार प्रस्ताव तयार पारेर निर्णय गर्दा भनेअनुसार नेताहरूले जिम्मेवारी नपाउन सक्छन् । तर, त्यसले प्रक्रियामा सहभागिता र स्वामित्व ग्रहण गर्ने वातावरण बन्ने भएकाले निर्णयलाई कम विवादित बनाउन सहयोग पु¥याउँछ । सबै नेताको रुचि र चाहना बुझेर महासचिव पौडेलले कार्यविभाजन प्रस्तावबारे अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सो प्रस्तावका आधारमा कार्यविभाजन गर्नेगरी नेकपाको सचिवालय बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply