पूर्वगृहसचिव पोखरेलका सबै दाजुभाइ अख्तियारको कारबाहीमा
काठमाडौ । सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा अकूत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएका पूर्वगृहसचिव पदमप्रसाद पोखरेलका कान्छा भाइ हरिप्रसाद पोखरेल ९ लाख रुपैयाँ घुससहित साउन २४ मा पक्राउ परे । पूर्वसचिव पोखरेलविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा नजाने अख्तियारले निर्णय गरेको एक महिनामै उनका भाइ हरिप्रसादलाई अख्तियारले नौ लाख घुससहित नियन्त्रणमा लिएको हो । हरिप्रसाद पोखरेल सडक डिभिजन कार्यालय पोखराका प्रमुख हुन् । डिभिजन कार्यालयकै एक प्राविधिकले दिएको सूचनाका आधारमा डीई पोखरेल पक्राउ परेका हुन् । यसअघि पूर्वसचिव पोखरेलका अर्का भाइ खगेन्द्रमणि पोखरेल यातायात कार्यालयको निर्देशक हुँदा अख्तियारको नियन्त्रणमा परेका थिए । पद्मप्रसाद पोखरेलविरुद्ध अख्तियारले पुनरावेदनमा नजाने निर्णय गरिसकेको भए पनि अझै पनि उनको र उनको परिवारको नामको सम्पत्ति फुुकुवाको प्रक्रिया चलि नै रहेको बेला भाइ पक्राउ परेका छन् ।
खगेन्द्रमणि पोखरेल पद्मप्रसादकी अर्की आमापट्टिका हुन् । सडक डिभिजन पोखराका प्रमुख हरिप्रसाद र पद्मप्रसाद सहोदर भाइ हुन् । २०४८ पछि निजामती प्रशासनको उच्च तहमा पद्मप्रसाद पोखरेल शक्तिशाली मानिन्थे । कांग्रेसको कार्यकालमा गृह प्रशासनमा उनको दबदबा नै थियो । उनको सिफारिसमा नेपाल प्रहरीमा धेरैले अधिकृत हुने मौका पाए । पोखरेलको शक्ति र रवाफको फाइदा बढी त खोटाङका खार्पाली र ओखलढुंगाका माम्खाली पोखरेलले लिए । उनले त्यस क्षेत्रका धेरैको उद्धार गरिदिएका छन् । उनको प्रतापका कारण नेपाल प्रहरीको अधिकृतमा जागिर खानेहरू अहिले डीआईजीसम्म भइसकेका छन् । हालका नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल पद्मप्रसादकै छोरीज्वाइँ हुन् । खनाल पनि ससुरा शक्तिमा हुँदा लाभ लिनेमा पर्दछन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply