ओली भोलि सिंगापुर जाने
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली उपाचारका लागि भोलि पुनः सिंगापुर जाँदै छन् । करिब एक साताअघि सिंगापुरमा उपचार गराएर फर्किएका ओली फलोअपका लागि सिंगापुर जान लागेका हुन् । स्रोतका अनुसार चिकित्सकले सिफारिस गरेका औषधिले साइड इफेक्ट गरेको छ कि छैन भन्ने हेर्न तत्कालै सिंगापुर जानुपरेको बताइएको छ ।
१४ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेका ओलीले यसअघि थाइल्यान्डमा नियमित चेकअप गराउँदै आएका थिए । तर यसपटक उनी मिर्गाैैलाको मात्र उपचार हुने विश्वकै उत्कृष्ट मानिने सिंगापुरको नेसनल युर्निभर्सिटी हस्पिटलमा गएका थिए । यसअघि साउन १८ मा त्यहाँ गएका ओली नौ दिनको उपचार पछि २७ गते स्वदेश फर्किएका थिए । त्यहाँको अस्पतालले यसअघि खाँदै आएको औषधी परिवर्तन गरेर नयाँ प्रयोगमा ल्याएकाले त्यसको साइड इफेक्ट हेर्न यसपटक पुनः सिंगापुर जानु परेको बालुवाटार स्रोतले जनाएको छ । उपचारमा कति दिन लाग्ने भन्ने टुंगो नभएकाले फर्किने तालिका सार्वजानिक गरिएको छैन । अघिल्लोपटक जाँदा फर्किने तालिका दुईपटक सार्नपरेकाले यसपटक पहिले नै सार्वजनिक नगरिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply