नेकपामा यी नेता अझै बेरोजगार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकीकरण र कार्यविभाजनको काम लगभग पूरा भइसके पनि कतिपय नेता अझै बेरोजगार छन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका ६० प्रतिशत नेतालाई भूगोलको जिम्मेवारीमा केन्द्रित गरेर बाँकी नेतालाई केन्द्रीय विभाग, जबस मोर्चा, सम्पर्क समन्वय कमिटी, प्रवासको काममा खटाइएको छ । यति हुँदाहुँदै पनि अझै एक दर्जनभन्दा बढी केन्द्रीय नेताहरूले अझै पार्टीको जिम्मेवारी पाउन सकेका छैनन् ।
नेकपा केन्द्रीय सदस्यहरूमध्ये युवराज कार्की, बिन्दा पाण्डे, गंगाबहादुर कार्की, युवराज चौंलागाई, तिल विश्वकर्मासहित एक दर्जन केन्द्रीय नेताहरूले अझै जिम्मेवारी पाएका छैनन् । उनीहरूलाई प्रवास कमिटीहरूको इन्चार्ज र सहाइन्चार्जका रूपमा तोक्ने तयारी भइरहेको केन्द्रीय सचिवालयका एक सदस्यले बताए । कार्कीबाहेक चार नेता प्रवास कमिटी एकीकरण प्रस्ताव तयारी कार्यदलमा समेत थिए । उता कार्की पूर्वमाओवादी समूहभित्र २०५९ सालअघिकै केन्द्रीय कमिटीमा रहेका सिनियर केन्द्रीय सदस्य भए पनि जिम्मेवारीमा उपेक्षित भएका छन् । उनी ‘जनयुद्धकाल’मै हेर्डक्वाटर सचिवालयमा समेत थिए । जबकि गृह जिल्ला दोलखामा उनीभन्दा डेढ दशक जुनियर देवी खड्कालाई जिल्ला इन्चार्ज बनाइँदा कार्कीलाई भने विभाग, जवस मोर्चालगायत कतै पनि जिम्मेवारी तोकिएको छैन । तर, नेकपाले जिम्मेवारी तोक्न बाँकी नेताहरूलाई ६ वटा प्रशान्त क्षेत्रमा बाँडिएको प्रवास कमिटीमा जिम्मेवारी दिने तयारी गरेको छ । जसअनुसार पूर्वी एसिया, अस्ट्रेलिया, खाडी राष्ट्र, युरोप, अमेरिका र भारतसहित ६ वटा प्रशान्त क्षेत्र रहेकोमा भारत प्रवासमा भने जिम्मेवारी तोकिइसकेको छ । नेकपाले प्रवासमा खुला मोर्चाका रूपमा प्रवासी मञ्च गठन गर्ने तर पार्टी भने भूमिगत शैलीमा चलाउने तयारी गरिरहेको छ । उता, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण बाँकी रहेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply