अध्यागमनमा सेटिङमा भुक्तानी
काठमाडौं । अनियमितताको अनुगमन गर्ने अख्तियारी प्राप्त अध्यागमन विभाग आफैंले अनियमित काम गरेको छ । विभागले गत आर्थिक वर्षको अन्त्यमा रातारात ठूलो रकम सेटिङमा भुक्तानी गरेको खुलेको छ ।
काम सम्पन्न नहुँदै असारको अन्तिममा विभागले साबिरा निर्माण सेवालाई ५० लाख रुपैयाँ भुक्तानी गरेको हो । सो निर्माण सेवाले कालिकास्थान परिशरमा रहेको क्यान्टीन र सुरक्षाकर्मी बस्ने भवन निर्मणको ठेक्का पाएको थियो । तर महानिर्देशक ईश्वरराज पौडेल, लेखा अधिकृत र अन्य एक कर्मचारीको मिलेमतोमा आर्थिक वर्ष २०७५÷७६ को ठेक्का ंभुक्तानीको काम काम नसकिँदै गरिएको हो ।
असार अन्त्यमा पुरै रकम निकास गरिएको भए पनि काम भने अझै सम्पन्न भइसकेको छैन । सरकारी लेखा प्रणालीमा त्यसरी काम नसकीँदै पुरै भुक्तानी दिन मिल्दैन । बरु त्यसरी भुक्तानी गर्ने लेखापाल र सदर गर्ने हाकिमको जागिरसमेत जान्छ । अझ अचम्मको कुरा त उक्त कामको इस्टिमेट र बिलसमेत सरकारी इन्जिनियरको सट्टा कमिसनका कारण निजी कन्सल्टेन्सीबाट गराइएको छ ।
यस कामको प्रबन्ध भने सोही कार्यालयमा अधिकृत रहेकी र इन्जिनियरिङसमेत पढेकी प्रज्ञा ढकालले गरेको विभागकै कर्मचारीहरू बताउँछन् ।
विभागमा जडित सिसीटिभी फुटेज अध्ययन गरेमा पनि काम सकिनुभन्दा अढाई महिनाअघि नै चेक काटेर भुक्तानी गरिएको स्पष्ट हुने देखिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply