सुब्बाको जिम्मामा नगरपालिका
काठमाडौं । स्थानीय निकायमा सरकारले आवश्यकताअनुसार कर्मचारी खटाउन नसक्दा बेथितिले जरो गाडेको छ । नगरपालिकाहरूमा उपसचिव वा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी तोकेर पठाउनुपर्नेमा अधिकांश पालिकाहरूमा नायब सुब्बाका भरमा पालिका चलाइएको छ ।
रौतहट जिल्लाको १६ पालिकामध्ये १३ वटामा सुब्बाले पालिका चलाएपछि गुनासो बढेको हो । पहुँचका भरमा माथिबाट जिम्मेवारी लिएर जाने र जिम्मेवारी लिएर आएकाहरूलाई जनप्रतिनिधिसँगको साँठगाँठमा काम गर्न अप्ठ्यारो वातावरण सिर्जना गर्दा योग्यता नपुगेका कर्मचारीहरूको हालमुहाली बढेको हो ।
रौतहटमा दुईवटा गाउँपालिका र अन्य नगरपालिकामध्ये ईशनाथ नगरपालिकामा नायब सुब्बा नन्दकिशोर गुप्ताले पालिका चलाइरहेका छन् । कही महिनाअघि उनले बाढीपीडितका लागि चाउचाउ, भुजियालगायतको सामान खरिद गर्न भन्दै ३० लाख रुपैयाँको टेन्डर गरिएकोमा आधा रकमको पनि खरिद नगरी नक्कली बिल बनाएर बाँकी रकम बाँडीचुँडी खाएको स्रोतको दाबी छ ।
अधिकांश नगरपालिकाहरूमा सुब्बा पनि प्रशासनतर्फका नभई प्राविधीक अर्थात् प्रशासन नबुझेकाहरूलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बताइन्छ । यसो गर्दा हाकिमहरूले कमिसनको चलखेल गर्ने पर्याप्त ठाउँ बनेको आमजनताको गुनासो छ । ईशनाथ नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत गुप्ताले आफन्तहरूलाई विभिन्न आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनाउँदै पैसा बाँड्दै गरेका छन् । यसरी निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सुब्बाले लिएको रौतहटका अन्य नगरपालिकाहरूमा बौधीमाई, राजदेवी, राजपुर परहवा, माधवनारायण, कटहरिया, फतुवा विजयपुर, वृन्दावन र गढीमाई नगरपालिका रहेको बताइएको छ । यसैगरी जमुनामाई नगरपालिकाको पनि उस्तै हालत रहेको बताइएको छ । स्थानीय तहमा अनधिकृत व्यक्तिहरूको आडमा यसरी भ्रष्टाचार भइरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरू भने रमिते बनेर बसेका छन् । उनीहरूको गैरजिम्मेवारीका कारण सिंगो जनप्रतिनिधिप्रति नै वितृष्णा पैदा भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply