खरेलको दिनगन्ती सुरु
काठामाडौं । १३ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलको दिनगन्ती सुरु भएको छ । ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षासाथ नियुक्ति गरिए पनि खरेलले यो अवधिमा कुनै सुधार गर्न नसकेपछि सरकार उनीप्रति असन्तुष्ट भएको हो ।
केही गरेर देखाऔं भन्ने चाहनाका साथ केही अघि मात्र पर्यटनमन्त्री नियुक्त भएका योगेश भट्टराई १३ महिनासम्म केही गर्न नसकेको व्यक्तिबाट भोलिका दिनमा केही होला भन्ने आशामा पनि पुग्न नसकेको बुझिएकोे छ । भट्टराईले असोज ३ गते प्रेस संगठननिकट पत्रकारहरूको एक भेलामा पनि काम गर्न नसक्नेहरूलाई यथास्थानमा राखिरहने पक्षमा आफू नरहेको स्पष्ट पारेका थिए । उनको संकेत निगम अध्यक्ष खरेलप्रति रहेको प्रस्टै बुझ्न सकिन्थ्यो । खरेलको अर्कमण्यताकै कारण पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही बुझेर निगमले आयोजना गरेको वार्षिकोत्सवमा यस्तै हालत रहे १ रुपैयाँ पनि दिन नसकिने चेतावनी दिएका थिए ।
निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन । घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ । निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै जहाज उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ । अझ पछिल्लो दिनमा जापानको ओसाका उडानका कारण झनै दिनमै लाखौं घाटा हुँदै गइरहेको छ । निगमका उच्च अधिकारीमाथि निगम धराशयी पार्दै निजी क्षेत्रका विमान कम्पनीलाई फाइदा पुग्नेगरी काम गर्दै आएको आरोप छ । अध्यक्ष खरेल निगमको विकासमा भन्दा पनि स्वार्थ समूहसँग फसेको निगमका अधिकारी बताउँछन् । सबै जहाज उडाउन पाइलट व्यवस्थापन गर्न, नयाँ गन्तव्य खोज्नभन्दा पनि स्वार्थ समूहको प्रभावमा अध्यक्ष खरेल फसेको आरोप छ । निगमका जहाज पूर्ण क्षमताअनुसार चल्न नसक्दा निगम आर्थिक संकटमा फसेको छ । ऋणको किस्ता तिर्न नसकेपछि निगमले सरकारसँग २० अर्ब रुपैयाँ ऋण मागेको थियो । आफ्नै ठाडो प्रस्तावमा कार्यकारी अध्यक्ष बनाए पनि निगमलाई व्यावसायिक योजनाअनुसार अघि बढाउन नसकेपछि प्रधानमन्त्री ओलीले खरेललाई चेतावनी दिइसकेको बुझिएको छ ।
One response to “खरेलको दिनगन्ती सुरु”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
म काम गर्न सक्दिन भनेर आत्मसमर्पण गर्नेलाई फेरी काम गर्ने जिम्मा दिए पछि प्रगती हुदैन नी,