चक्रवर्तीको बदमासीमा किन मौन ?
काठमाडौं । हरेक अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा पढाउने धोको सँगालेका हुन्छन् । तर, उच्च शिक्षा दिने कलेजहरूले बदमासी गरे भने ती अभिभावकहरूको कस्तो हविगत होला ? अहिले एउटा नर्सिङ कलेजले गरेको बदमासीका कारण विद्यार्थीहरू बिचल्लीमा परेका छन् र अभिभावकहरू तनाव झेल्न बाध्य भएका छन् ।
भक्तपुरमा अवस्थित चक्रवर्ती हबी नर्सिंङ कलेजले बदमासी गर्दा स्टाफ नर्स अध्ययन गरिरहेका ३० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर सञ्चालित उक्त कलेजले सुरुमा विद्यार्थीहरूको प्रायोगिक अभ्यासका लागि भक्तपुर अस्पतालसँग समन्वय गरेका थिए । तर, पछि बुझ्दै जाँदा सो कलेजले भक्तपुर अस्पतालसँग समन्वय गरेको नदेखिपछि सीटीईभीटीले स्पष्टीकरण सोधेको बताइन्छ । भक्तपुर अस्पतालसँग ख्वप कलेजले समन्वय गरेर प्रायोगिक अभ्यास गरिरहेको पाइएपछि सीटीईभीटीले चक्रवर्तीलाई ‘अस्पतालबिना विद्यार्थीको भर्ना नलिनु, नपढाउनु’ भनेर निर्देशन दिएका थिए ।
तर, सो कलेजले भर्ना गर्न नपाएपछि उच्च अदालत, पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले ‘विद्यार्थीहरूको भर्ना नरोक्नु’ भनेपछि बिना अस्पताल नै लगातार तीनचार वर्षसम्म विद्यार्थीहरू भर्ना गर्दै आएको थियो । पछिल्लो समय कहिले कुन अस्पताल, कहिले कुन अस्पताल देखाए पनि कुनै अस्पतालसँग समन्वय नगरी विद्यार्थीहरूलाई बिनाअभ्यास नै अध्यापन गराइरहेको बुझिएको छ । विद्यार्थीहरूको भविष्य नै चौपट हुने गरी कलेजले अदालतको अन्तरिम आदेशको भरमा विद्यार्थीहरू भर्ना लिइरहेपछि सीटीईभीटीले सो कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने गरी अदालती प्रक्रिया चालेको थियो ।
गएको कात्तिक ४ गते भने गैरकानुनी रूपले विद्यार्थीहरू भर्ना लिने र अध्यापन गराइरहेको सो कलेजलाई ठूलो झट्का लाग्न पुग्यो । उच्च अदालत, पाटनले सम्बन्धन खारेजीको पक्षमा फैसला ग¥यो । सीटीईभीटीबाट नर्सिंङ कार्यक्रम लिएर अध्यापन गराइरहेको सो कलेजको सम्बन्धन खारेज भएपछि अहिले स्टाफ नर्स पढिरहेका ३० विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
त्यसो त विद्यार्थीहरूसँग भर्ना र पहिलो वर्षको शुल्क मात्र लिनुपर्नेमा सो कलेजले भने विद्यार्थीहरूसँग एकमुष्ट दुई वर्षको शुल्क लिएको देखिएको छ । विद्यार्थीहरूसँग एकैपटक दुई वर्षको शुल्क लिए पनि शिक्षक र कर्मचारीहरूलाई भने समयमै तलब नदिइरहेको पनि बताइन्छ । चक्रवर्तीको बदमासीबारे शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि जानकार छन् । तर, अन्यायमा परेका ३० विद्यार्थीलाई कसरी न्याय दिलाउने भन्नेमा मन्त्री, सचिवलगायत सीटीईभीटीका सदस्य–सचिव पुष्परमण वाग्लेले समेत चासो नदिँदा विद्यार्थी र अभिभावकहरू तनावमा परेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply