प्राधिकरणको लचकतासँगै उद्योगी मक्ख
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने अर्बौं रकम उठाउन मध्यम बाटो रोजेको छ । विगतदेखि नै डेडिकेटेड र टं«क लाइनबापतको महसुल उठ्न नसक्दा अर्बौं रकम बाँकी रहेको थियो । तर, महसुल तिर्न बाँकी उद्योगहरूलाई किस्ताबन्दीमा तिर्न सुविधा दिएसँगै उठ्नुपर्ने करिब ५ अर्ब रुपैयाँ उठ्ने सम्भावना बढेको छ ।
डेडिकेटेड तथा ट्रंक लाइन सुविधाबापत प्राधिकरणलाई विभिन्न उद्योगहरूले करिब ११ अर्ब रुपैयाँ तिर्न बाँकी थियो । त्यसमा अहिलेसम्म ६ अर्बभन्दा बढी रकम उठिसकेको बताइन्छ । करिब ५ अर्ब रुपैयाँ भने अझै उठ्न बाँकी छ । केही दिनअघि बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरूलाई किस्ताबन्दीमा तिर्ने सुविधा दिने निर्णय गरेको छ । साथै, रकम भुक्तानी गर्न ढिलाइ गर्ने उद्योगहरूलाई अहिलेसम्मको जरिवाना नलिने निर्णय पनि प्राधिकरणको बोर्डले गरेको छ । त्यस्ता उद्योगको संख्या करिब ३ सय रहेका छन् ।
उद्योगहरूलाई एकैपटक भुक्तानी गर्न लगाउँदा कतिपय उद्योगहरू नै धराशायी हुने देखेपछि प्राधिकरणले बीचको बाटो अपनाउँदै किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरेको हो । प्राधिकरणले ५ देखि १० किस्तासम्मको व्यवस्था गरेर हरेक महिना तिर्दै जानेगरी उद्योगहरूलाई सहज तुल्याइदिएको बताइएको छ ।
यसअघि भने डेडिकेटेड तथा ट्रंक लाइन महसुलमा प्राधिकरणकै बोर्ड सदस्यहरूबीच मतभेद देखिएपछि प्राधिकरणको सञ्चालक समितिका सदस्य तथा प्राधिकरण र ठूला उद्योगबीच डेडिकेटेड तथा टं«क लाइन महसुल विवाद समाधान गर्न गठित पुनरावेदन समितिका अध्यक्ष उमेशप्रसाद थानीले राजीनामा दिएका थिए । ठूला उद्योगहरूसँग डेडिकेटेड तथा टं«क लाइन महसुल कसरी उठाउने भन्नेमा बोर्ड सदस्यहरूबीच नै विवाद देखिएपछि अध्यक्ष थानीले ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष राजीनामा बुझाएका थिए । कतिपय बोर्ड सदस्यहरूले उद्योगहरूप्रति लचक हुनुपर्ने र जरिवाना मिनाहा गर्नुपर्ने कुरासमेत उठाएका थिए । केही बोर्ड सदस्यका कुरासँग सहमत हुन नसकेपछि अध्यक्ष थानीले राजीनामा दिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply