उपनिर्वाचन ः नेकपाको पक्षमा लहर
काठमाडौं । यही मंसिर १४ गते हुन लागेको प्रतिनिधिसभा एक, प्रदेश सभा दुई, उपमहानगरपालिका एकसहित रिक्त पदहरूको उपनिर्वाचनमा सत्तारूढ दल नेकपाको पक्षमा माहोल बलियो बन्दै गएको छ । प्रतिनिधिसभातर्फ कास्की–२ को उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले भारी मतले जित हासिल गर्ने निश्चित देखिएको छ । विगतमा लगातार तीन निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट रवीन्द्र अधिकारीले जितेको सो क्षेत्र वामपन्थीको बलियो किल्ला हो ।
अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा नेकपाले उनकै पत्नी विद्यालाई उम्मेदवार बनाएको छ । एक त रवीन्द्रका अधुरा सपना पूरा गर्नुपर्ने जिम्मेवारी, अर्कातर्फ आफैं पनि निपुण र सक्षम उम्मेवार साथै नेपाली कांग्रेसबाट बनाइएका उम्मेवार अलोकप्रिय भएकाले पनि विद्याको जित सुनिश्चित बनेको हो । उमेरले पनि वृद्ध भइसकेका र कार्यकर्ताले समेत नचिन्ने पुराना कार्यकर्तालाई कांग्रेस सभापति शेरबहादुर देउवाले अरू पदाधिकारीले नचाहँदा नचाहँदै उम्मेदवार बनाएपछि कांग्रेस कार्यकर्ताले खुलेर आफ्नै उम्मेदवारलाई पनि सहयोग नगर्ने अवस्था सिर्जना भएको बताइन्छ ।
त्यस्तै दाङ प्रदेशसभामा पनि नेकपाकि उम्मेदवार विमला ओलीको जित सुनिश्चित बनेको छ । त्यहाँ यसअघि नेकपाकै उत्तर ओली निर्वाचित भएका थिए । नेकपाले त्यहाँ उनकै पत्नी विमलालाई उम्मेदवार बनाएको छ । भक्तपुरबाट नेकपाका उम्मेदवार डीपी ढकालको नामलाई लिएर नोमिनेसनअघिसम्म केही सानातिना विवाद उत्पन्न भए पनि अहिले जिल्लाको नेकपा नेतृत्व पुरै एकताबद्ध ढंगले ढकाललाई जिताउन मैदानमा होमिएकाले उनको जितमा कुनै शंका नभएको बताइन्छ । त्यहाँ यसअघि पनि नेकपाकै हरिशरण लामिछाने विजयी बनेका थिए । धरान उपमहानगरपालिका यसै पनि वामपन्थीको पुरानै किल्ला भएकाले नेकपाका उम्मेदवार प्रकाश राईले जित्नेमा शंका नभएको बताइन्छ । नेकपाका उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा अहिले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply