सीमा सुरक्षासम्बन्धी सम्मेलनमै घोटाला
काठमाडौ । सशस्त्र प्रहरी बलको समन्वयमा गरिएको नेपाल–भारत सीमा सुरक्षासम्बन्धी सम्मेलनका नाममा नै अनियिमिता भएको छ । सशस्त्र प्रहरी बलको संयोजनमा भएको उक्त कार्यक्रममा व्यापक ढंगले रकम उठाइएको थियो । तर उक्त रकम खर्च नगरी आइजिपीको निर्देशनमा बचत गरिएको अनियमितता गरिएको आरोप लागेको छ ।
पोखरामा २०७६ मंसिर ४ गते भएको नेपाल–भारत सीमा सुरक्षासम्बन्धी एकदिने सम्मेलनका नाममा सशस्त्र प्रहरी बलले ८० लाख रकम उठाएको तर खर्च भने कार्यक्रममा १० लाख मात्र गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार सीमा सुरक्षासम्बन्धी सम्मेलनमा सशस्त्रअन्तर्गतका आठवटा बाहिनीमा प्रत्येक बाहिनीबाट १० लाखका दरले उठाइएको थियो ।
सम्मेलनमा भारतीय सीमा सुरक्षा बल एसएसबीका ६ जनालाई आमन्त्रण गरिएको थियो भने ससस्त्र प्रहरीका आइजिपी, तीन एआइजी, आठवटा बाहिनीमा भारतसँग जोडिएका प्रदेश नं. १, २, ३, ५ र सुदूरपश्चिम प्रदेशका डीआईजी सहभागी पनि थिए ।
गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका एकएक उपसचिवसहित जम्मा २० जना सहभागी उक्त कार्यक्रममा उनीहरूलाई पोखराको माउन्ट ग्लोरी होटलमा राखिएको थियो । काठमाडौंका सहभागीलाई प्लेनमा लगेर दुई रात पोखरामा राखिएको थियो । यसरी २० जना सहभागी भएको उक्त सम्मेलनमा १० लाखका दरले आठवटा बाहिनीबाट रकम उठाएर १० लाख मात्र खर्च गरी बाँकी रकम बचत गरिएको थियो । रकम उठाउने प्रबन्ध भने एआईजी बढुुवाका लागि कसरत गर्दै आएका आइजीका सचिवालका डिआइजी तथा प्रवक्ता सुरज श्रेष्ठले गरेको बताइएको छ ।
उनले सम्मेलनका नाममा गण र गुल्मबाट पनि रकम असुली गरेको बताइन्छ । त्यसो त आइजी खनालले भारत स्वार्थलाई सघाउ पुग्नेगरी तराईका प्रदेश नं. २ बाट सशस्त्रको बोर्डर सुरक्षा पोस्ट र दरबन्दी संख्या घटाई डोटीलगायत पहाडी जिल्लामा थुपारेको आरोप लाग्दै आएको छ । बेलाबेला स्यान्ट्रो कार चढेर बडीगार्डलाई समेत बाहिरै राखेर भारतीय दूतावासमा छिर्ने गरेका आइजिपी खनालले सिंगो सशस्त्र फौजलाई नै भारतीय स्वार्थका खातिर किन उपयोग गरिरहेका छन् भन्नेमा अन्य इमानदार उच्च तहका अधिकृतहरू आश्चर्यमा परेका छन् ।
मन्त्रिपरिषद्ले तोकेको दरबन्दीलाई आफूखुसी मनपरी दरबन्दी सिर्जना गरेर सीमाक्षेत्रबाट सशस्त्रको संख्या कटौती गरी पहाडी जिल्लामा बढी कायम गरेपछि उनलाई गृहमन्त्री रामबहादुर थापा बादलले हप्काएको समेत बताइन्छ । त्यसो त संगठनको नियम र कूटनीति प्रचलनविपरीत गोप्य रूपमा भारतीय दूतावासमा गाडीसहित भेट्न पुगेको समाचार सार्वजनिक भएपछि विवादमा आएका श्रेष्ठ यसअघि पनि लगातार भारतीय दूतावासमा पुगिरहने गरेको पुष्टि भएको छ । उनले एक तालिमबाट फर्किएपछि सोसम्बन्धी छलफल गर्न कार्यालयको अनुमति लिएर दूतावास पुगेको दाबी गरे पनि उक्त दाबी नक्कली भएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । त्यसो त कूटनीतिक आचारसंहिताविपरीत गोप्य रूपमा भारतीय दूतावास गएका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालिसकेको बताइएको छ । आइजी खनालले विश्वास गरेर आफ्नो सचिवालयमा राखी प्रवक्ताको समेत जिम्मेवारी दिएका सुरज श्रेष्ठको नातामा दाजुभाइ पर्ने भएकाले उनलाई कारबाहीबाट चोख्याउन प्रधान कार्यालयले नै कसरत गरिरहेको बताइन्छ । डिआइजी श्रेष्ठ पनि आइजी खनालको दूत बनेर भारतीय दूतावास ब्रिफिङका लागि पुगेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply