एकतामा २०÷१५ को अर्को भागबन्डा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणले लगभग पूर्णता पाए पनि केन्द्रीय विभागहरूले पूर्णता नपाउँदा सक्रिय हुन सकेका छैनन् । केन्द्रीय सचिवालयले गत साउन मसान्तमा विभागका प्रमुख र उपप्रमुख तोकेको चार महिनासम्म पनि विभागले पूर्ण आकार नपाएको हो ।
नेकपाको नियमावलीअनुसार केन्द्रमा ३२ वटा विभाग छन् । त्यसअनुसार सबै विभाग बढीमा ३५ सदस्यीय हुन सक्ने व्यवस्था छ । केन्द्रीय सचिवालयले सबै विभागमा केन्द्रीय कमिटीकै अनुपातअनुसार पूर्वएमालेबाट २० र पूर्वमाओवादी समूहबाट १५ जना सदस्य रहनेगरी सूची बुझाउन प्रमुख र उपप्रमुखहरूलाई निर्देशन दिइसकेको छ । जसअनुसार विभागहरूको एकीकरण पनि भागबन्डाबाटै टुंगिँदै छ । यसरी सबै विभाग ३५ सदस्यीय बनाउँदा एक हजारभन्दा बढीले थप नयाँ जिम्मेवारी पाउनेछन् । तर, विभागका सदस्यहरू टुंग्याएर सूची बुझाइसकेका केही विभाग सदस्यहरूको नाम सचिवालयले अड्काएर राख्दा सक्रिय हुन चाहेका विभागहरू पनि निष्क्रिय अवस्थामा छन् ।
स्थानीय तह विभागले दसैंअघि नै प्रमुख र उपप्रमुखसहित ३१ जनाको सूची सचिवालयलाई बुझाएको थियो । स्थानीय तहको कामलाई पार्टी कमिटीमार्फत मार्गनिर्देशन गर्न पनि यो विभागलाई धेरै महŒवपूर्ण रूपमा हेरिन्छ । त्यसअनुसार नै विभागले काम अघि बढाउन सदस्यहरूको सूचीको नाम सचिवालयलाई पठाएको थियो । तर, सबै विभाग सदस्यहरूको सूची प्याकेजमै फाइनल गर्ने भन्दै सचिवालयले अड्काइदिएपछि प्रमुख युवराज ज्ञवाली र उपप्रमुख उर्मिला अर्याल निराश छन् । पूर्व एमालेमा रहँदा अनेमसंघको अध्यक्षदेखि पछि राष्ट्रिय महिला आयोगको अध्यक्ष बनाउनसमेत अवरोध भएको भन्दै अर्यालले निकटस्थहरूसँग गुनासो पोख्दै आएकी छन् । अहिले विभागलाई छिटो सक्रिय बनाउन खोज्दा पनि पार्टी नेतृत्वले नै अवरोध गरिरहेको उनले गुनासो गर्न थालेकी छन् ।
त्यस्तै, खानेपानी तथा सरसफाइ विभाग, विज्ञान तथा प्रविधि विभाग, अर्थ तथा योजना विभागले पनि सदस्यहरूको नाम लगभग टुंग्याइसके पनि सचिवालयले अनुमोदन नगर्दा ती विभागहरू पनि विस्तारित हुन सकेका छैनन् । नेकपामा विदेश विभाग, संगठन विभाग, प्रचार विभाग बढी सक्रिय हुने विभाग पर्छन् । संगठनमा चारजना सदस्य थप्नेबाहेक सचिवालयले अरूको नाम टुंगो लगाएको छैन । यद्यपि, सक्रिय ती विभागहरूले विभिन्न कार्यक्रमसमेत गर्दै आएका छन् ।
नेकपाले पार्टी केन्द्रीय कमिटीलाई नीतिगत सुझाव दिनेगरी नेकपाले अधिकांश राज्यका मन्त्रालयहरूसँग मेल खाने विभाग बनाएको छ । साबिक एमालेबाट १८ प्रमुख र १६ उपप्रमुख छन् भने माओवादीबाट १४ प्रमुख र १८ जना उपप्रमुख छन् । विदेश विभाग र स्कुल विभागमा प्रमुखबाहेक दुई÷दुईजना उपप्रमुख छन् । विदेश विभाग, संगठन विभाग, स्कूल विभाग प्रचार विभाग, उद्योग वाणिज्य विभागसहित केही सकृय छन् । नेकपाका ती विभागले बिभिन्न कार्यक्रमहरू पनि गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply