केन्द्रीय कमिटीबाट महाधिवेशनको कार्यतालिका आउला ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा प्र्रस्तुत महत्वपूर्णमध्येको एउटा प्रस्ताव–एकता महाधिवेशनको मिति पनि छलफलको केन्द्रमा छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राष्ट्रिय महाधिवेशन करिब डेढ वर्षभित्र अर्थात २०७७ को अन्त्यसम्म गर्ने प्रस्ताव गरेका छन् । राजनीतिक प्रतिवेदनको आगामी कार्ययोजनाअन्तर्गतको उक्त प्रस्तावमाथि छलफलमा भाग लिने नेताहरूले स्पष्ट कार्यतालिका बनाएर जाँदा मात्र महाधिवेशन सम्भव हुने सुझाव दिइरहेका छन् । तर, कार्यतालिकाबिनै प्रस्ताव गरिएका कारण महाधिवेशन त्यस अवधिभित्रै हुने कुनै पनि विश्वसनीय आधार भेटिँदैन ।
तत्कालीन एमालेको २०७२ असार र माओवादीको २०६९ सालमा हेटौंडामा सम्पन्न महाधिवेशनपछि दुवै पार्टी ३ जेठ २०७५ मा एकीकरण भएका हुन् । यस हिसाबले हेर्दा साबिक माओवादीबाट नेकपाको नेतृत्वमा प्रतिनिधित्व गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात वर्षदेखि तथा एमालेबाट केपी ओली साढे चार वर्षदेखि निरन्तर नेतृत्वमा छन् । यसरी कमसेकम अबको एक वर्षभित्र महाविधेशनबाट नेतृत्व छान्नैपर्ने दबाबमा नेकपाको वर्तमान नेतृत्व हुनुपर्ने हो । तर, एकताका क्रममा दुई वर्षभित्र महाधिवेशन गर्ने भद्र सहमतिविपरीत एक वर्षपछि धकेलेर २०७७ को अन्त्यसम्म गर्नेगरी प्रस्ताव प्रस्तुत भएको छ । त्यस अवधिभित्र महाधिवेशन गर्न कम्तीमा एक वर्षभित्र सबै जिल्ला र जनवर्गीय संगठनहरूको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तर, पार्टी एकतापछिको सबैभन्दा महŒवपूर्ण काम पार्टी संगठित सदस्यहरूको अभिलेखीकरण र नवीकरणको काम सम्पन्नै भएको अवस्था छैन ।
पूर्वमाओवादी समूहको मौखिक सदस्य संख्याबाहेक कुनै पनि जिल्लामा पार्टी सदस्यहरूको अभिलेख छैन । यो अवस्थामा उनीहरूतर्फको समूहलाई कसरी पार्टी सदस्य मान्ने हो भन्ने जटिल प्रश्न छ । दुवैतर्फका सदस्यहरूको अभिलेख व्यवस्थित नभएसम्म जिल्ला अधिवेशनको तयारी हुन सक्दैनन् । अबको ६ महिना सदस्यताको अभिलेखीकरण, अर्को ६ महिना जिल्ला र जनसंगठनहरूको अधिवेशन सम्पन्न भएको अवस्थामा मात्र २०७७ सालभित्र पार्टी महाधिवेशन सम्पन्न हुने आधार तयार हुनेछ । तर, जुन पार्टीको स्थायी समिति जस्तो रणनीतिक महŒवको संयन्त्रको बैठक नै एक वर्षमा बस्छ भने त्यस्तो पार्टीले डेढ वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ला भन्ने कुनै पनि आधार देखिँदैन ।
अहिले अध्यक्ष ओली पूर्ण कार्यकाल सरकार चलाउने र आफ्नै नेतृत्वमा महाधिवेशन अनुकूल समयमा मात्र गराउने मुड रहेको विश्लेषण गरिएको छ । अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीलाई सैन्य संरचना जसरी सञ्चालन गर्दै सांगठनिक संरचना सधैं भद्रगोल बनाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग गर्दै आएका थिए । दुवै अध्यक्षको स्वार्थ मिल्ने भएकाले पनि राजनीतिक प्रतिवेदनमा प्रस्ताव भए पनि प्रस्तावित मितिभित्र महाधिवेशन होला भनेर आमपार्टीपंक्तिले विश्वास गर्ने आधार देखिएको छैन । एकतापछिको समयावधि गणना गर्ने हो भने संवैधानिक हिसाबले आगामी २०७९ सालभित्र महाधिवेशन गर्दा पनि हुन्छ । वर्तमान सरकारको कार्यकाल पनि त्यतिबेलै सकिने भएकाले पार्टी चलायमान भएर छिट्टै महाधिवेशन हुने अवस्था देखिँदैन ।
यद्यपि, १० बुँदे आगामी कार्ययोजनामा भने पार्टीको केन्द्रीय महाधिवेशनअघि पार्टी सदस्यता व्यवस्थित गर्दै प्रदेश र जिल्लालाई चलायमान बनाउने, जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने प्रस्ताव गरिएको छ । ‘२०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी, विभाग, जबस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने’ प्रतिवेदनको सातौं उपशीर्षक आगामी कार्यक्रममा भनिएको छ । आगामी फागुन र चैतमा सातै प्रदेशमा बृहत् सभा आयोजना गर्ने कार्ययोजनामा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply