डिएसपी सिंह लचिलो हुनुको रहस्य
काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध डिएसपी रमेशबहादुर सिंहले बलात्कार गर्न आउने एक युवाविरुद्ध उजुरी दर्ता नगरेको भन्दै पीडितहरूले पत्रकार सम्मेलन नै गरे । २०७६ मंसिर २३ गते मकवानपुर जिल्ला हेटौंडा घर भई हाल काठमाडौं बौद्ध बस्ने २१ वर्षीय राजीव सिकारी सुनुवारले एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको र उल्टै प्रहरीले भने पीडकको पक्ष लिएर पीडकले दिएको मात्र उजुरी दर्ता गराएको छ । घटना भएको दुई हप्ता बितिसक्दा पनि आफूलाई बचाउ गर्ने क्रममा प्रतिकार गर्दा सिकारीको लिंगमा चोट लागेको घटनालाई अतिशयोक्तिपूर्ण तरिकाले प्रचार गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउने तर पीडितका तर्फबाट कुनै सुनुवाइ नै नगर्ने अवस्था उत्पन्न हुनुमा पीडक र डिएसपी सिंहबीच गहिरो दोस्ती रहेको पत्ता लागेको छ ।
सिकारी बौद्धस्थित होटल हायातका कर्मचारी रहेका र सो होटलमा डिएसपी सिंहलाई खान, बस्नै सबै छुट रहेको थियो । त्यति मात्र होइन, डिएसपी सिंह हायात होटलमा जाँदा आवश्यक स्वागत सत्कारसमेत उनै सिकारीले गर्दै आएका थिए । त्यसैले, आफ्नो पक्षले किटानीसहित बलत्कार गर्न आएको भन्ने बेहोराको उजुरी दिँदा दर्ता नगरेको पीडितकी आमा विमाया तामाङले बताइन् । आफ्नी छोरीमाथि जबर्जस्ती करणी गर्न खोज्दा भएको घटनामा बौद्ध प्रहरीले एकपक्षीय कुरा मात्र सुनेको भन्दै यौन हिंसामा परेकी आफ्नी छोरीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थुनामा राखेको तर छोरीको पक्षबाट दिइएको उजुरीलाई डिएसपीले उसै फिर्ता पठाइदिएपछि आफूहरू बाध्य भएर न्यायका लागि पत्रकार सम्मेलनको आयोजना गरेर अघि बढेको पीडितका आफन्त तथा नेकपा रामेछापका नेता राम तामाङले जानकारी दिए ।
घटना भइसकेपछि प्रहरीले केटा पक्षको दबाब र प्रभावमा परी पीडितलाई उल्टै पीडा थपेको तामाङको भनाइ छ । आफ्नो अस्मिता जोगाउन हरतरहले प्रयासरत रहेकी आफ्नी चेलीले न्याय पाउनुपर्नेमा उल्टो बलात्कारीलाई पक्षपोषण गर्नेगरी पीडितलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउँदा हामी अन्यायमा परेको नेता तामाङको भनाइ छ । दुवैतर्फको उजुरी दर्ता गरी निष्पक्ष छानबिन गर्नुपर्नेमा प्रहरीको व्यवहारले एकपछि अर्को शंका बढ्दै गएको केटी पक्षको भनाइ छ । डिएसपी आफैं न्यायाधीशजस्तो बन्ने र पीडितहरू जाहेरी दर्ता गराउन जाँदा आफू एलएलबीसमेत पढेकाले कानुन नसिकाउन भन्दै धम्की दिने गरेको उनीहरू बताउँछन् । ६–७ महिनाअघि बौद्ध वृत्त पुगेका सिंह विवादास्पद पृष्ठभूमिका अधिकृत हुन् । उनले एकपक्षीय प्रभावमा परी मुद्दा दर्ता गर्न अटेर गरेपछि उनलाई सरोकारवाला गृह मन्त्रालयबाट समेत फोन गइसकेको छ । स्वयं गृहसचिव प्रेमकुमार राईले फोन गरेर आइजी सर्वेन्द्र खनालमार्फत सोधखोज गरिएपछि उनी झस्किएको बताइएको छ । दुवै पक्षको कुरा सुनेर सही निर्णयमा पुग्नुपर्ने प्रहरीले मुद्दा दर्ता नगरी एकपक्षीय निर्णयमा पुग्न खोज्नुलाई पनि अख्तियारको दुरुपयोग मानिएको छ ।
पीडितले कडा दबाब सिर्जना गरिएपछि अहिले भने डिएसपी सिंह अलि लचक भएको र जाहेरी दर्ता गर्ने संकेत दिएको बुझिएको छ । गत मंसिर २३ गते सुनिताको कपनस्थित डेरामा पुगेर राजीवले शरीरको कपडा खोलेर बलात्कारको प्रयास गरेपछि युवती आक्रोशित हुँदैे तरकारी काट्ने चक्कु निकालेर र राजीवको लिंगमै आक्रमण गरेकी थिइन् । भएको अधिकार प्रयोग नगर्नु र पीडितको गुनासो नसुन्नुलाई पनि अख्तियारको दुरुपयोग मान्न सकिने र त्यसरी एकपक्षीय भएर काम नगरी बसे तान्नसमेत सकिने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply