इन्सपेक्टर बढुवामा उस्तै अनियमितता
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार ४ सय ४३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । २०७६ मंसिर ७ गतेको निर्णयअनुसार, २०७६ पुस महिनादेखि नै हाल दरबन्दी भएको स्थानबाट तलबभत्ता खानेगरी सरुवा भएको हो ।
सरुवा भएका प्रहरी अधिकृतहरूलाई पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी व्यवस्था मिलाइएको कार्यालयले २०७६ पुस ७ गते एक सूचना जारी गरी जनाएको छ । कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी) लाई अभिलेखमा आवश्यक व्यहोरा मिलाउन अनुरोध गरेको छ । तर, यो बढुवामा पनि वैज्ञानिक मापदण्डभन्दा पनि भनसुन र पहुँचका आधारमा गरिएको गुनासो प्रहरीहरूबाटै आएको छ ।
केहीलाई सुगमबाट सुगममा र केहीलाई भने दुर्गमबाट दुर्गममा सरुवा गरिएको बताइन्छ । एक नम्बरमा बढुवा भएकी अनिता महतलाई कीर्तिपुर वृत्तबाट रानीपोखरीस्थित प्रहरी शिक्षालयमा सरुवा गरिएको छ । उनले माथिल्लो तहबाट पहुँच पु¥याएकाले संघयि राजधानीबाटै राजधानीमै राखिएको बताइन्छ । यसैगरी अनु लामालाई प्रहरी एकेडेमी महाराजगन्जबाट इलाका प्रहरी कार्यालय फर्पिङ सरुवा गरिएको छ । यसैगरी, अमृतबहादुर बस्नेतलाई पर्यटक प्रहरी भृकुटीमण्डपबाट दंगा नियन्त्रण गुल्म काठमाडौंमा, अरुणकुमार भट्टराईलाई इलाका प्रहरी कार्यालय ललितपुर कोन्ज्योसोमबाट प्रहरी प्रभाग बाँडेगाउँ ललितपुर सरुवा गरिएको छ । एउटै जिल्लामा उनको सरुवा भएको छ । यसैगरी ऋषिकुमार भट्टराईलाई प्रहरी वृत्त कालीमाटीबाट सवारी शाखा रानीपोखरीमा सरुवा गरिएको छ । यस्तो मनोमानी सरुवा थुप्रै भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply