केन्द्रीय कमिटी बैठक २३ पुसमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक २३ पुसमा बस्ने भएको छ । गत आइतबार सम्पन्न स्थायी समिति बैठकले आगामी २३ पुसमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।
अघिल्लो वर्ष ३ जेठ २०७५ मा पार्टी एकीकरण सम्पन्न भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा लगत्तै १० जेठमा परिचय बैठकबाहेक नेकपाको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । एकतापछि एजेन्डा केन्द्रित हुनेगरी भने नेकपाले पहिलोपटक बैठक आह्वान गरेको हो । एकपटक पनि पार्टी बैठकमा सहभागी हुन नपाउँदा नेकपाका केन्द्रीय सदस्यहरूबीच हार्दिक सम्बन्धसमेत स्थापित हुन सकेको छैन । दुई फरक स्कुलिङबाट आएकाहरूबीच आपसमा राम्रो चिनजानसमेत छैन ।
केन्द्रीय कमिटी बैठकअघि केन्द्रीय सचिवालय र स्थायी समिति बैठक आयोजना गरिने महासचिव विष्णु पौडेलले बताएका छन् । ती दुवैको छलफलबाट आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा एजेन्डा प्रस्तुत हुनेछन् । केन्द्रीय कमिटीबाट उपाध्यक्षमा वामदेव गौतमको मनोनयनका साथै पार्टीको आगामी कार्ययोजना पारित गर्ने नेकपाको योजना छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकअगावै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी सांगठनिक कामहरू (आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसंगठन) पूरा गरिसक्नेसमेत निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply