निजगढ विमानस्थल निर्विकल्प विकल्प
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अहिलेको काठमाडौं अन्तर्राष्टिय विमानस्थलको यात्रुको चाप व्यवस्थापन गर्ने नीजगढ अन्तर्राष्टिय विमानस्थल निर्विकल्प विकल्प भएको बताएका छन् । यो विमानस्थल वर्तमान सरकार र राजनीतिक नेतृत्वको परिकल्पना भएकाले बनाएरै छाड्ने उनको दाबी छ । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत अहिले निर्माणको काम अघि नबढाउन भनेको भोलिपल्टै राजधानीमा भ्रमण वर्ष–२०२० का सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले भने, ‘ठूला र राष्ट्रिय गौरवका आयोजना राजनीतिक नेतृत्वको सोचबाट निर्धारण हुने भएकाले यसको निरूपण न्यायालयबाट हुँदैन ।’
मुलुकको समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएको र यो क्षेत्रको विकास र प्रवद्र्धनका लागि पूर्वाधारको विकास पहिलो र महŒवपूर्ण सर्त भएको उल्लखे गर्दै मन्त्री भट्टराईले भने, ‘ पछिल्लो समय पूर्वाधारको क्षेत्रमा पनि प्रगति भएको छ तर त्यो पर्याप्त छैन । सरकार र राजनीतिक नेतृत्वको ध्यान ठूला र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भए पनि यसमा अनेक खालका स्वार्थ समूहले बाधा खडा गर्ने गरेका छन् ।’
टर्कीको इस्तानाबुलमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा त्यहाँ २४ लाख रूख कातिटएको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘हाम्रोमा त्यति रूख पनि काटिदैन । फेरि त्यो विमानस्थल बनाइसकेपछि अन्यत्र ठाउँमा वृक्षरोपण गरेर उनीहरूले त्योभन्दा धेरै रूख हुर्काइसके । अहिले इस्तानाबुल विमानस्थल अन्तर्राष्ट्रिय हवाई उडानको हब बनेको छ, हामीचाहिँ एउटा हाँगो काट्ने कि नकाट्नेमा बहस गरेर बसिरराख्ने ? चीनले थ्री गर्जेज हाइड्रो बनाउने बेला त्यहाँ पनि यस्तै खालका बहस भए तर चीनले बनाएरै छाड्यो, अहिलेको चीनको सम्पन्नताको एउटा आधार त्यहि हाइड्रो भएको छ ।’ मन्त्री भट्टराईले थपे, ‘हाम्रो सरकारको पूरा प्रतिबद्धता निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेमा छ, त्यो बन्छ । विमानस्थल चाहिने वा नचाहिने भन्ने कुरा सिंगो मुलकुको कुरा हो, यो कुनै एकदुई पन्ना निवेदन बोकेर हिँड्ने स्वार्थ समूहको कुरा होइन ।’
नेपालमा पर्यटन प्रर्वद्धनका लागि २०२० को क्याम्पियनले मात्र नपुग्ने भएकाले सरकार यो वर्षलाई प्रस्थान बिन्दु बनाएर कम्तीमा एक दशकको अभियानमा लागेको उल्लेख गर्दै उनले भने, ‘तपाईंहरूको अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्धलाई यो अभियानमा अधिकतम प्रयोग गर्नुस् ।’ उनको जोड भ्रमणको सिजन हुन्छ भन्ने प्रचारबाट पनि नेपाललाई मुक्त गर्नुपर्नेमा थियो । उनले भने, ‘अवश्य पनि भ्रमणको निश्चित सिजन हुन्छ । खाडी मुलुकको सिजन जाडोको समय होला, युरोपका देशहरूको पनि खास सिजन होला तर नेपाल सबै सिजनमा खुला भएको मुलुक हो भन्ने पनि बुझाउनु जरुरी छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply