संगठन भद्रगोल पारेर बिदा हुँदै आइजी
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको जागिर अवधि अब जम्मा ४२ दिन बाँकी छ । ३० वर्षे सेवा अवधिका कारण आगामी माघ २८ गते अवकाश हुँदै गरेका उनी त्यसको एक महिनाअघि बिदामा बस्नुपर्ने प्रचलन छ । तर, करिब २४ महिना आइजी भएका उनी सबैतिर भद्रगोल पारेर अवकाश हुँदैछन् । पछिल्लो समय आइजिपी सर्वेन्द्र खनालकै नालायाकीका कारण सबैतिर भद्रगोल भएको बताइएको छ ।
त्यसो त उनीमात्र होइन, उनका ब्याजीहरू पनि सोही दिन अवकाश हुँदैछन् । त्यसपछि अहिलेसम्मको वरिष्ठताको आधारलाई हेर्ने हो भने डिआइजी ठाकुर ज्ञवाली आइजी बन्नेछन् । अहिले उनी १ नम्बर प्रदेशमा कार्यरत छन् । यता आइजीसँगै ३० वर्षे सेवा अवधिका कारण घर जाने भए पनि पुष्कर कार्की भने एकपटक आइजिपी भइछाड्नेमा विस्वस्त भएको बुझिएको छ । त्यसो त आइजिपी खनाल आफ्नो समयावधि ६ महिना थप गर्न र कार्कीलाई कुनै हालतमा आइजी हुन नदिन तथा ज्ञवालीलाई समेत रोक्न भित्री षड्यन्त्रमा लागेका छन् । स्रोतका अनुसार उनले बाहिर अरूसँग आफू एक दिन पनि थप गरेर बस्न नचाहेको भन्न छाडेका छैनन् तर भित्री षड्यन्त्रका योजना बनाउन भने नेताहरूको घर घरमा समेत पुग्न थालेको बताइएको छ ।
उनलाई ६ महिना नभई एक दिन पनि थप गर्ने पक्षमा प्रधानमन्त्री केपी ओली नरहेको बताइन्छ । उनले ६ महिना थपको हल्ला अवकाश हुने दिनसम्म पनि मातहतका अधिकृतहरू चाकडीमा आइराखून् र आफ्नो सम्मान गरिराखून् भनेर चलाएको हल्लासिवाय केही नभएको बताइन्छ ।
आइजिपीको अवकाशको दिन नजिकिँदै आउँदा उनीकहाँ संगठनका अधिकृतहरूको आवतजावत कम हुने, सम्पर्क कम गर्ने, नटेर्ने, आदेश नमान्नेजस्ता घटना विगतमा पनि नभएका होइनन् । त्यसैले पनि आइजी खनाल बिदा नबस्ने मुडमा त छँदैछन्, त्यसबाहेक म्याद थप्ने र थपाउने हल्ला मच्चाएर अवकाशका दिनसम्म पनि आफ्नो चाकडी र चाप्लुसीमा प्रहरीहरू लागून् भन्ने सोचमा रहेको उनलाई नजिकबाट चिन्नेहरूले टिप्पणी गर्न थालेका छन् ।
पछिल्लोपटक गरिएको नेपाल प्रहरी अस्पतालको प्रमुखमा पनि वरिष्ठलाई पन्छाएर कनिष्ठलाई बढुवा गरेको भन्दै प्रश्न उठेको छ । त्यहाँ डा. मीनराज पाठक अहिले एआइजीमा बढुवा हुनुपर्ने भएपनि डा. आशा सिंहलाई बढुवा गरिएको हो । राष्ट्रपति भण्डारीले यस बीचमा बढुवा भएकी सिंहलाई दुईपटक भेट दिएकी थिइन् । पछिल्लोपटक गृह सचिव प्रेमकुमार राई र आइजी खनालबीच पनि कटु सम्बन्ध भएको बताइन्छ । केही दिनअघि डिआइजी महेशविक्रम शाह अवकाश भएपछि एक डिआइजी पद खाली छ भने केही एसएसपी पद पनि खाली छ । त्यतिमात्र होइन, इन्सपेक्टरबाट डिएसपीमा बढुवा गर्ने हो भने पनि करिब ४० पद पूर्ति हुन सक्ने सम्भावना छ । तर, आईजी र गृहसचिवबीच बढ्दो असमझदारीका कारण ती रिक्त पदमा तत्काल पदपूर्ति हुने सम्भावना टर्दै गएको छ । गृह सचिव राई आइजी खनाल बिदामा बसेपछि मात्र उक्त पदहरूमा पदपूर्ति गर्ने मनस्थितिमा रहेको बुझिएको छ । आइजी खनाल सबैतिर भद्रगोल पारेर षड्यन्त्रका बीच नै जिम्मेवारीबाट बाहिरिने दिन धेरै टाढा नरहेको जानकारहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply