ओरालोतर्फ विश्वको सेयरबजार
काठमाडौं । नेपाली कांग्रेसभित्र दोस्रो पुस्ताका आशा गरिएका नेताको नाम लिँदा पहिलो नम्बरमै आउने नाम हो, विश्व प्रकाश शर्मा । त्यसपछि गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडल आदिको नाम लिइन्छ । कांग्रेसइतरका अरू राजनीतिक दलका नेता–कार्यकर्ताले पनि सम्भावना बोकेका नेताका रूपमा चिन्ने गरेका उनै विश्वप्रकाशको पछिल्लो राजनीतिक सेरयरबजार भने स्वात्तै घटेको छ । त्यसको एउटै कारण हो, उनले अहिले पाएको पद– पार्टी प्रवक्ता ।
पार्टी सभापति शेरवहादुर देउवाको कार्यशैलीका कारण नेपाली कांग्रेस नै अहिले गहिरो संकटमा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नै यस्तै स्थिति रहे कांग्रेस सकिन्छ भन्ने चेतावनी दिनु र नेतृ सुजाता कोइरालाले अर्को चुनावमा आफूले कांग्रेसलाई भोट नदिने घोषणामार्फत पार्टी अवस्थाको नांगो चित्रण गरिदिएर अरू राजनीतिक दललाई सजिलो बनाइदिएका छन् । हुन पनि संसद्मा कमजोर उपस्थितमा रहेको नेपाली कांग्रेस आफ्नो प्रतिपक्षी भूमिकालाई सशक्त बनाएर फेरि बौरिन प्रयत्न गर्नुपर्ने यो समय आन्तरिक लडाइँमै रुमलिएको छ । संस्थापनइतर पक्षले पार्टीका बैठक बहिष्कार गर्दै आएको छ । अलग्गै जिल्ला सभापति भेला बोलाएर सभापति देउवाविरुद्ध मोर्चाबन्दी गरेको छ । दुई समूहलाई मिलाउन गरिएका पटकपटकका प्रयत्न बिफल हुँदै गएका छन् ।
आगामी महाधिवेशनबाट उमेरले ७५ काटिसकेका सभापति देउवा नै सभापतिमा दोहो¥याउने संस्थापनको कुटिल चालको गोटी विश्वप्रकाशजस्तो नेताका लागि सुहाउने कुरो हुँदै होइन । तर, कांग्रेसभित्रको कलहको यो सबै प्रकरणमा उनी मूकदर्शकजस्ता मात्र देखिएका छन् । प्रवक्ताको हैसियतमा औपचारिकतामै उनी रुमलिइरहेका छन् । कांग्रेसका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत नै ‘विश्वप्रकाश औपचारिकताको बहुपासमा परिसकेका रहेछन्’ भनेर टिप्पणी गर्न थालेका छन् । दोस्रो पुस्ताका आस गरिएका नेताहरूमा उनीबाहेक अरू सबै एकै ठाउँमा छन् । नेतृत्वको अधिनायकवादी चरित्रविरुद्ध खुलेर बोलिरहेका छन् । तर, विश्व त्यो पुस्ताका सँगातीमाझ पनि एक्लो बनेका छन् ।
देउवा सभापति हुनुअघिसम्म संस्थापन पक्ष अर्थात् त्यसबेलाको देउवाविरोधी समूहमै रहेका विश्वले गत महाधिवेशनबाट क्याम्प परिवर्तन गरेका हुन् । उनको पार्टीभित्र र बाहिरसमेत बढ्दै गएको राजनीतिक उचाइलाई रोक्ने रणनीतिअन्तर्गत नै देउवा समूहले प्रवक्ताको पासो फ्याँकेको र त्यसमा उनी सजिलै परेको विश्लेषण अहिले कांग्रेसका नेता–कार्यकर्तामाझ हुने गरेको छ । अहिले विश्वको नियति त्यही पासोको परिधिभित्र रहेर पार्टीमा भइरहेका छाडा प्रवृत्तिलाई टुलुटुलु हेरेर बस्नु मात्र रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply