गभर्नर नपाएपछि धितोपत्र नै काफी
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी–निर्देशक पदबाट ‘रिटायर्ड’ भएपछि भीष्मराज ढुंगानाको नजर गभर्नर पदमा परेको थियो । आगामी चैतदेखि डा. चिरञ्जीवी नेपालको पदावधि सकिने भएको हुँदा त्यो पदमा उनको नजर पर्नु स्वाभाविकै थियो । तर, केही समय गभर्नरका लागि दौडधुप गरे पनि अहिले भने ढुंगानाले नेपाल धितोपत्र बोर्ड (सेबोन) को जिम्मेवारीमा चित्त बुझाएका छन् ।
राष्ट्रबैंकको पूर्वकार्यकारी–निर्देशक ढुंगानालाई सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सेबोनको अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । उक्त पदका निम्ति धेरैले इच्छा देखाए पनि कामकाजी स्वभावका मानिने ढुंगानालाई सरकारले नियुक्त गरेको हो । आवेदन दिएकामध्ये अन्तिम तीनमा ढुंगानासहित बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी र डा. केशव श्रेष्ठ छनोटमा परेका थिए ।
गएको वैशाखमा राष्ट्र बैंकको कार्यकारी–निर्देशकबाट अवकाश पाएका ढुंगाना केही समय अस्टे«लिया गएका थिए । अस्टे«लियामा उनका छोरीहरू रहेका हुँदा पारिवारिक भेटघाट र भ्रमणका लागि गएका थिए । तर, नेपाल फर्किएपछि भने उनले राष्ट्र बैंकको गभर्नरका लागि केही समय दौडधुप गरेका थिए । गभर्नर बन्ने दौडधुपमा उनले सत्तारूढ दलका शीर्ष नेताहरूलाई भेटेर आफ्नो कुरा राखेका थिए ।
अस्टे«लियाबाट फर्केलगत्तै गभर्नरका लागि लबिइङ गर्ने क्रममा उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत भेटेका थिए । तर, विगतमा डा. खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा ढुंगानाको कार्यशैलीप्रति उनी परिचित थिए । गभर्नरका लागि ढुंगानाले रुचि देखाएपछि अर्थमन्त्री डा. खतिवडाले सिधै ‘तपाईंले गभर्नर बन्ने इच्छा त देखाउनुभयो तर अहिले तपाईंको बेला भइसकेको छैन’ भनेर पन्छाइदिएका थिए । राष्ट्र बैंकबाट रिटायर्ड भएकाले बैंकको नेतृत्व गर्न सक्दैन भन्ने ठानेर नै उनलाई अर्थमन्त्री डा. खतिवडाले अस्वीकार गरेको बताइन्छ ।
गभर्नरका लागि दौडधुप गरे पनि त्यसमा पार लाग्न नसक्ने देखिएपछि ढुंगानाले सेबोनको अध्यक्षका लागि निवेदन पेस गरेका थिए । निवेदन दिएकामध्ये ढुंगानाको जति क्षमता र उचाइ भएका अरू व्यक्ति नभएका हुँदा उनले नियुक्ति पाएको बताइन्छ ।
राष्ट्र बैंकमा छँदा उनले विदेशी विनिमय व्यवस्था विभाग सम्हालेका थिए । उनले सो विभाग सम्हाल्दा त्यसको नेतृत्व भने निलम्बन परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सम्हालेका थिए । निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठलाई सरकारले स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी थालेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply