सशस्त्रमा डीआईजीको लागि दौडधुप
काठमाडौं । सशस्त्र प्रहरी बलमा यसै हप्ताबाट पाँच डीआईजी पद रिक्त भएको छ । सो पद रिक्त भएसँगै एसएसपीहरू बढुवाको दौडधुपमा लागेका छन् । ६ जना डीआईजी अवकाश भए पनि पाँच जनाको मात्रै पद रिक्त भएको हो । भ्रष्टाचार काण्डमा निलम्बनमा परेका डीआईजी अरविन्द धिताल विशेष पदमा रहेका कारण उनको अवकाशसँगै सो पद स्वतः खारेजीमा परेको छ ।
पाँचवटा डीआईजी पद रिक्त भएसँगै वरिष्ठ एसएसपीहरू यसको दौडमा लागेको सूचना प्राप्त भएको छ । यसअघि रामप्रकाश श्रेष्ठ अवकाश भएको लामो समय भए पनि सो पदमा पूर्ति हुन सकेको थिएन भने त्यसपछि राजुराम सुवाल अवकाशमा परेका हुन् । सो पदमा पनि पूर्ति हुन सकेको थिएन । गत पुस ११ गते अर्का डीआईजी वसन्तकुमार बानिया ३० वर्षे सेवा अवधिका कारण अवकाश भए भने गत पुस १६ गते बुधबार मात्रै डीआईजीहरू सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल पदावधिका कारण अवकाश भएका छन् । उनीहरूमध्ये श्रेष्ठ एक वर्ष पदावधि थपेर आईजी शैलेन्द्र खनाल बिदा भएपछि आईजी बन्ने दाउमा थिए । व्यक्तिका स्वार्थ र महŒवकांक्षाका कारण नियमावली परिवर्तन गर्न नसक्ने गृह मन्त्रालयको अडानपछि ती डीआईजीहरू हिस्स भएर घर गएका छन् । एक वर्षे म्याद थप गर्न अनेक प्रयत्नहरू भए पनि उनीहरूको केही लागेन ।
अहिले सशस्त्रमा पाँच डीआईजीका पद रिक्त भएसँगै बढुवाको चलखेल सुरु थालेको छ । सशस्त्र प्रहरीका एसएसपीहरूको वरिष्ठताको नामावली हेर्ने हो भने भरत श्रेष्ठ पहिलो नम्बरमा छन् । तर, उनको शैक्षिक योग्यता आईए पासमात्रै भएका कारण उनको बढुवा हुने सम्भावना छैन । यसअघि पनि आईएस्सीमात्रै पढेका कारण सञ्जय राणा बढुवा हुनबाट रोकिएका थिए । न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने शैक्षिक योग्यताको प्रावधानको कारणले पनि राणा बढुवा हुन सकेका थिएनन् । त्यसैले, उनी प्रतिस्पर्धामा नै आउँदैनन् भने त्यसपछिका एसएसपीहरूमा हरिशंकर बुढाथोकी, कृष्णभक्त बह्माचार्य, राजेन्द्र बस्नेत, हरिश्चन्द्र अधिकारी, वंशीधर दाहाल र किशोर प्रधानलगायत रहेका छन् । हरिशंकर बुढाथोकी शमशेरगन्ज काण्डले चर्चित छन् । उनकै पालामा कमसल रासन खुवाएको भन्दै सशस्त्र प्रहरीले पहिलोपटक विद्रोह गरेका थिए । त्यतिबेला उनी कारबाहीमा समेत परेका थिए । यता किशोर प्रधान प्राविधिक फाँटका हुन् । प्रधानलाई पूर्वआईजीपी साथ रहेको बताइन्छ । वंशीधर दाहाल पनि यसअघि विभिन्न काण्डमा जोडिएका विवादास्पद अधिकृत हुन् भने हरिश्चन्द्र अधिकारी अहिले एपिएफ अस्पतालको प्रशासन प्रमुखका रूपमा कार्यरत छन् । त्यस्तै अघिल्लो समूहभन्दा केही पछिको र व्यावसायिक रूपमा दक्ष भएको समूह पनि पालो उछिनेछ डीआईजी हुन दौडधुपमा लागेका छन् । दोस्रो समूहमा रहेका एसएसपीहरूमा अभिकुमार खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्यलगायत रहेका छन् । केही दिनमा नै सशस्त्र मुख्यालयले बढुवाको आह्वान गर्ने सूचना निकाल्ने तयारीसमेत गरेको थाहा भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply