कर्तुत लुकाउन यत्रो हर्कत
काठमाडौं । उमेर हद नाघिसक्दा पनि अवैधानिक रूपले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकको कुर्सीमा टाँसिइरहेका सुवास सिटौलाले आफूलाई जोगाउन भ्रष्ट कर्मचारीहरूको साथ लिँदै आएका छन् । पछिल्लो समय उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्जनौं मुद्दा झेलिरहेका छैठौं तह (अधिकृत स्तर) की कर्मचारी प्रमोदा राईलगायतले बचाउ गर्दै आएका छन् ।
लामो समयदेखि बालाजु औद्योगिक क्षेत्रमा ढलिमली गर्दै आएकी राईको अवकाशको समय नजिकिँदै गएको छ । २०५० सालदेखि नै बालाजु औद्योगिक क्षेत्रको व्यवस्थापन कार्यालयमा रहँदै आएकी उनको अनिवार्य अवकाश आगामी २०७७ साल असार १३ गते हुँदैछ । लिमिटेडको स्टोर किपरका रूपमा कार्यरत राईले आफ्नो अवकाशको समयावधि ५–६ महिना मात्र बाँकी रहेका हँुदा स्टोरको हिसाबकिताब मिलान गर्नका लागि ६५ वर्ष उमेर पुगिसकेर पनि अवैध रूपमा महाप्रबन्धकको जिम्मेवारीमा रहँदै आएका सिटौलालाई उचाल्दै आएका छन् ।
आफू जिम्मेवारीमा छँदा गरेका कर्तुतहरू लुकाउनका लागि राईले महाप्रबन्धक सिटौलालाई साथ दिएको बुझिएको छ । उमेर हदका कारण स्वतः अवकाश पाउनुपर्ने सिटौलालाई राईले ‘तपाईँ नडगमगाउनुस्, म तपाईलाई सहयोग गर्छु’ भनेर साथ दिँदै आइरहेकी छन् । राईकै सल्लाहबमोजिम महाप्रबन्धक सिटौलाले अचाक्ली रूपमा कर्मचारीहरूको सरुवासमेत गरेका थिए । सरुवा हुनेहरूमा बालाजु औद्योगिक क्षेत्रका कार्यालय प्रमुख भोजराज विनाडी, विद्युत इन्जिनियर संगीत कुँवर, प्राविधिक अधिकृत शैलेन्द्र श्रेष्ठ, प्रशासन प्रमुख एकमाया थापा र लेखाका वरिष्ठ सहायक रमेश खड्का रहेका छन् । ती कर्मचारीहरूलाई सरुवा गरेर सिटौलाले बालाजुको कार्यालय प्रमुखमा सिर्जना श्रेष्ठ, विद्युत इन्जिनियरमा निरज थापा, प्रशासन प्रमुखमा मेरिना चित्रकार र लेखामा धीरेन्द्र श्रेष्ठलाई लगेका छन् । पाँचैजना कर्मचारीलाई सरुवाको मापदण्ड नपु¥याई सरुवा गरिएको थियो ।
लामो समयदेखि बालाजुमा रहँदा राईले स्टोरको जिम्मा सम्हालेकी थिइन् । तर, स्टोरमा रहँदा लाखांै रकम हिनामिना भएको देखिएपछि उनलाई स्टोरको हिसाबकिताब मिलाउन ताकेता गरिएको थियो । अहिलेसम्म पनि उनले स्टोरको हिसाबकिताब मिलाउन सकेकी छ्रैनन् । आफ्नो अवकाशको समय नजिकिँदै जाँदा र हिसाबकिताब नमिलाउँदा अवकाशपश्चात् रकम कलम नपाउने देखिएकाले रकम कलम बचाउने प्रयासस्वरूप उनले अवैध महाप्रबन्धकलाई साथ दिएको बुझिएको छ । आफ्नो बचाउका लागि राईले औद्योगिक क्षेत्रको कार्यालयमा आफ्ना झुन्ड लिई जाने र नाराबाजी गर्ने, मन्त्रालय धाएर वितण्डा मच्चाउने कार्य गर्दै आएकी छन् ।
राई अनियमित कार्यमा पनि उत्तिकै सक्रिय देखिएका छन् । उनले कार्यालयमा हाजिर नै नगरी दुई महिनाको तलब बुझेकी हुँदा त्यो तलब उनीबाट भराई मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिन भनिए पनि त्यो अहिलेसम्म लागू भएको छैन । उनकै दादागिरीका कारण अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply