केन्द्रको ढिलाइले बढ्यो अन्योल
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रको ढिलासुस्तीका कारण विद्यार्थीहरूले समयमै पुस्तक पाउने वा नपाउने अन्योल बढेको छ । केन्द्रले गएको पुस १५ गतेभित्र कक्षा १ को नयाँ पाठ्यक्रम ल्याउने बताए पनि अहिलेसम्म कुनै सुरसार गरेको छैन ।
आगामी शैक्षिक सत्रदेखि कक्षा १ को नयाँ पाठ्यपुस्तक लागु हुँदैछ । २०७७ वैशाख १ गतेदेखि देशभरका सबै विद्यालयमा कक्षा १ को ५ विषयका नयाँ पाठ्यपुस्तक लागू गरिने भएको छ । जसमा नेपाली, अंग्रेजी, गणित, सेरोफेरो र स्थानीय तहका एउटा पाठ्यक्रमसमेत गरी पाँचवटा नयाँ विषय लागु गरिँदैछ । नयाँ पाठ्यपुस्तक लागु गर्नुअघि गएको वर्ष नै देशका एक सय विद्यालयमा परीक्षण गरिएको थियो । एक वर्षे परीक्षणपछि अहिले कक्षा १ को पाठ्यक्रम लागु गर्न लागिएको हो । आउँदो शैक्षिक सत्रदेखि कक्षा ६ को पाठ्यक्रम पनि परीक्षण हुँदैछ ।
तर, आगामी शैक्षिक सत्रदेखि कक्षा १ को पाठ्यक्रम लागु गर्ने भनिए पनि अहिलेसम्म पुस्तक छपाइका लागि केन्द्रले कुनै तत्परता देखाइरहेको छैन । पाठ्यपुस्तक तयार भएर आएपछि शिक्षकहरूलाई तालिम दिनुपर्ने हुन्छ । तर, केन्द्रले भने शिक्षकहरूलाई तीन दिनमात्र तालिम दिने तयारी गरेको छ । अभिभावकहरूले भने तीन दिनको तालिममा शिक्षकहरूले केकति कुरा सिक्लान् भन्नेमा आशंका गरेका छन् । नयाँ पाठ्यक्रम ल्याउन तीन महिना पनि समय बाँकी नरहेको हुँदा र केन्द्रले ढिलासुस्ती गर्दा अन्योल छाउन पुगेको हो ।
केन्द्रका सूचना अधिकारी गणेश भट्टराई भने समयमै पाठ्यपुस्तक छापिएर आउने बताउँछन् । उनले भने, ‘अबको केही दिनपछि पुस्तक छापिनका लागि प्रेसमा जान्छ । ढिलामा माघको २० गतेसम्म पुस्तक आइपुग्छ ।’ केन्द्रले तीनदिने तालिम दिने भए पनि सिएचआरडी नामक संस्थाले शिक्षकहरूलाई १० दिने तालिम दिने भएको हुँदा शिक्षकहरूले पर्याप्त तालिम पाउने भट्टराईले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply