अझै सल्टिएन कांग्रेस–विवाद
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अकर्मण्य कार्यशैलीलाई लिएर क्षुब्ध रामचन्द्र पौडेल पक्ष आसन्न महाधिवेशनमा देउवालाई पराजित गरेरै छाड्ने रणनीति अपनाउँदै अघि बढ्न थालेका छन् । तेह्रौं महाधिवेशनमा पौडेललाई पराजित गर्दै सभापतिमा चयन भएका देउवाले पार्टीलाई गतिशील तुल्याउन नसकेको आरोप सो समूहले लगाउँदै आएको छ । पछिल्लो समय पौडेल पक्षका महामन्त्री डा. शशांक कोइराला, अर्का नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायत देउवा विरुद्ध खनिन थालेका छन् ।
तेह्रौं महाधिवेशनपछि नै आन्तरिक विवाद र किचलोमा अल्झिँदै आएको कांग्रेसका केही भ्रातृ संगठन र विभाग अझैसम्म गठन हुन सकेको छैन । अर्को महाधिवेशन आउन लागिसक्दा पनि महŒवपूर्ण संगठन र विभागहरू गठन हुन नसक्नुमा संस्थापन पक्षको अक्षमता रहेको आरोप पौडेल समूहले लगाउँदै आएको छ । त्यस्तै, संघ र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस प्रवेश गरेको विजयकुमार गच्छदार समूहले पनि उनीहरूका लागि छुट्याइएको केन्द्रीय सदस्य पाउन सकेका छैनन् ।
केही समयपूर्व पौडेल समूहको विरोध र अनुपस्थितिका बाबजुद संस्थापन पक्षले केन्द्रीय समितिको बैठक बोलाएर कांग्रेसको चौधांै महाधिवेशनको मिति र कार्यतालिका टुंगो लगाएपछि कांग्रेसभित्रको विवादले चरम रूप लिन पुगेको थियो । पौडेल पक्षले संस्थापन पक्षले एकलौटी र आफूखुसी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै त्यसलाई अस्वीकार गर्दै आएको छ । संस्थापन पक्षले आगामी २०७७ साल फागुन ७ देखि १० गतेसम्म चौधौं महाधिवेशनको मिति तय गरेको थियो । त्यहीअनुरूप कार्यतालिका सार्वजनिक गरेको थियो । तर, पौडेल पक्षले भने महाधिवेशन २०७७ मंसिरमा हुनुपर्ने अडान लिँदै आएको छ । पौडेल पक्षको अडान र सो पक्षसँग परामर्श नै नगरी संस्थापन पक्षले महाधिवेशनको मिति तय गरेको थियो ।
कांग्रेसका दुई सशक्त भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दल गठनमा पनि विवाद चुलिँदै आएको छ । ती दुवै संगठनमा पौडेल पक्षले मागेको संख्यामा संस्थापन पक्षले असहमति जनाएपछि गठन हुन सकेको छैन । पौडेल पक्षले नेविसंघमा ४० र तरुण दलमा ३५ प्रतिशत माग गरेको थियो । तर, संस्थापन पक्षले कृष्णप्रसाद सिटौला समूहलाई समेत देखाएर त्यति प्रतिशत दिन नसक्ने बताएपछि पौडेल पक्ष भड्किँदै आएको हो ।
महाधिवेशनको मिति चयन र दुई सशक्त भ्रातृ संगठनमा भागबन्डाको विषयलाई लिएर संस्थापन र पौडेल पक्षबीच असमझदारी बढेसँगै पौडेल पक्षका नेताहरू पछिल्लो समय देउवाप्रति आक्रामक बन्न थालेका छन् । महामन्त्री डा. कोइरालाले त ‘कांग्रेस सभापतिबाट देउवाबाट हटाउनुको विकल्प नरहेको’ बताउँदै हिँड्न थालेका छन् । भावी सभापतिको उम्मेदवारका रूपमा हेरिएका अर्का नेता डा. शेखर कोइराला पनि देउवाप्रति आक्रामक बन्दै गएका छन् । पौडेलको त पहिलादेखि नै देउवासँग टक्कर रहँदै आएको छ ।
चौधौं महाधिवेशनलाई ध्यानमा राखेर पौडेल पक्षले सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेका छन् । तीन दिनअघि अनामनगरमा सो सम्पर्क कार्यालय स्थापना गरिएको हो । ‘सामाजिक लोकतन्त्र अध्ययन केन्द्र’ नाम दिइएको सो सम्पर्क कार्यालयमा पौडेल दिनहुँ जान थालेका छन् र कार्यकर्ताहरूलाई भेटघाट गर्न थालिसकेका छन् । तर, आउँदो चौधौं महाधिवेशनमा पौडेल समूहबाट सभापतिमा को उम्मेदवार बन्ने भन्नेबारे अन्योल नै देखिन्छ । पौडेल त इच्छुक छँदैछन्, एउटा समूहले डा. शेखर कोइरालाई अघि सार्ने सम्भावना पनि उत्तिकै छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply